Print

कुश्मा पुगेर ओली र प्रचण्डले गरे यस्तो खुलासा

३० कार्तिक, पर्वत । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीको एकता नै आजको आवश्यकता रहेको बताएका छन । विहिबार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत चुनावी सभालाई सम्बोधन गर्दै दुवै नेताले राष्ट्रले कम्युनिष्ट शक्ति एउटै ठाउँमा मिल्नुपर्छ भन्ने चाहेका कारण बाम गठबन्धन र पार्टी एकताको घोषणा गरिएको बताएका हुन ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश विकासका लागि धेरै राजनैतिक शक्तिको आवश्यकता नरहेको भन्दै आर्थिक परिर्वतनका लागि दुई राजनैतिक शक्तिको एकिकरणले अन्य पार्टी आन्त्तीन नहुने धारणा राखे । उनले सभालाई सम्बोधन गर्दै विशेषगरी नेपाली कांग्रेस विकास विरोध पार्टी भएकाले पार्टी एकिकरण देश विकास हुने देखेपछि कांग्रेस आत्तिएको तर्क गरे । नेपाली समाजमा राजनैतिक परिर्वतन सकिएकाले विकास निर्माणका लागि बामगठबन्धनले विजयी हासिल गर्नुपर्ने धारण ओलीको थियो ।

आफू प्रधामन्त्री हुँदा रेल, पानी जहाज र सुविधासम्पन्न सडकको कुरा गर्दा कांग्रेसहरुले डराएका भन्दै ओलीले देशमा थुपै्र सम्भावना भएकाले ति सम्भावना पुरा गर्न कम्युनिष्ट एकताको आवश्यकता रहेको समेत बताए । उनले विकास निर्माण गर्ने भन्दा यथास्थितीमा बस्ने परिपार्टीका कारण देश पछाडी परेको भन्दै समय अनुकूल परिर्वतन हुन कांग्रेसलाई आग्रह गरे ।

यसैगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेताले समयमा निर्णय नगर्दा देश ५० देखि १ सय बर्षसम्म पछि धकेलिने भएकाले आफूले पार्टी एकताको निर्णय यो समयमा लिएको खुलासा गरे । उनले मदन भण्डारीकै पालामा पार्टी एकिकरणको प्रयास भएपछि त्यो प्रयास सार्थक नभएको भन्दै धेरै प्रकारका हण्डर ठक्कर खादै आएका कम्युनिष्ट पार्टीहरु मिलेर अव देशलाई विकास गर्ने कुराले राष्ट्रलाई फाइदा पुग्ने विश्वास ब्यक्त गरे । लामो संघर्ष पश्यात देशले गणतन्त्र प्राप्त गरेको भन्दै अध्यक्ष प्रचण्ड गणतन्त्र र संविधानलाई संस्थागत गर्न छिट्टै कम्युनिष्ट पार्टी एकता बद्ध हुने घोषणा समेत गरे ।

पर्वत जिल्लामा आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट पदम गिरी उमेदवार बनेका छन । यसैगरी प्रदेश सभाको निर्वाचनका लागि क्षेत्र न १ बाट माओवादी केन्द्रका नेत्रनाथ अधिकारी र क्षेत्र न २ मा विकास लम्साल उमेदवार बनेका छन ।