Print

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल कुश्मामा आउँदै,यस्तो छ सुरक्षा ब्यवस्था

३० कार्तिक, पर्वत । मंसिर २१ मा हुने प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनका क्रममा संयुक्त बामगठबन्धनले आयोजना गरेको कुस्माको चुनाबीसभालाई सम्बोधन गर्न नेकपा –एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड कुस्मा आउने भएका छन ।

संयुक्त बाम गठबन्धन पर्वतले कुस्माबजारको बान्द्रेबिडी खुल्ला चौरमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न केपी ओली र प्रचण्ड कुस्मा आउन लागेका हुन ।

बामगठबन्धनले देशभर आयोजना गरेका चुनाबीसभालाई संयुक्त रुपमा आयोजना गरेको चुनाबीसभाई दुई नेताले सम्बोधन गरिरहेका छन । नेकपा(एमाले) र माओबादी केन्द्रका शीर्ष नेताले सम्बोधन गर्ने भएकाले ब्यापक जनसहभागिता जुटाउन दुई दल लागेका छन ।

निर्वाचन परिचालन समितिका संयोजक तथा एमाले उपाध्यक्ष भक्त कुवँरका अनुसार कार्तिकको खेती थन्काउने चटारो भएपनि ब्यापक जनसहभागिता जुटाउने तयारी भएको छ । नेकपा(एमाले) र नेकपा माओबादी केन्द्रका सबै वडा निर्वाचन परिचालन समितिले बस र जीप मार्फत समर्थकहरुलाई कुस्मामा उतार्नेछन । खासगरी लुंखु रानीपानी बर्राचौर देखि भुकदेराली र लेकफाँट सम्म सय भन्दा बढी बस परिचालन गरिएको कुवँरले बताए । किसानहरु खेतमा हुने समय भएपनि बामगठबन्धनले शक्ति प्रर्दशन गर्ने भएकाले ब्यापक जनताको सहभागिता हुने बिश्वास लिइएको कुवँरले बताए ।

यस्तो छ सुरक्षा ब्यबस्था

देशभर बाम गठबन्धनका उमेदवारलाई लक्षित गरेर आक्रमण हुन थालेपछि कुस्मामा हुने जनसभाका लागि उच्चस्तरीय सुरक्षा ब्यबस्था मिलाइएको छ ।
दुई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने जनसभामा कुनै सुरक्षा त्रुटी नहोस भनेर सबैखाले सुरक्षा ब्यबस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।

बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको उच्चस्रतीय ब्यबस्था मिलाउने निर्णय गरे अनुसार काम भैरहेको र सभास्थलमा बुधबार देखि नै प्रहरीले नियन्त्रणमा राखेको छ । यसैगरी चण्डिका शसस्त्र प्रहरी गणमा शीर्ष नेताहरु हेलिकप्टरमा आउने र सभास्थल बान्द्रेबिडी चौर सम्म स्कटिङ्ग गरिने छ ।

सभास्थलमा पहिलो घेरामा म्यादी प्रहरी, दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रो घेरामा शसस्त्र प्रहरी परिचालन गरिने प्रजिअ पन्थीले बताए । सेना परिचालन नभएका कारण नेपाली सेनाले सर्ट मार्च गर्ने भएको छ ।