Print

मत माग्न बाम मोर्चाको घरदैलो शुरु, जलजलामा संयुक्त बाम भेला

१९ कार्तिक, पर्वत । आजबाट संयुक्त बाममोर्चा अन्तर्गतका उमेदवारहरु घरदैलो अभियानमा जुटेका छन । बाम मोर्चा अन्तर्गतको माओवादी केन्द्रको तर्फबाट उमेदवार बन्नु भएका नेत्र अधिकारीले आइतबार कुश्मा नगरपालिकाको खुर्कोटबाट चुनावी प्रचार प्रसार अभियानको शुरुवात गरेका छन ।

कृषकको ब्यस्त महिना भएकाले उनीहरुको खेतबारीमा पुगेर देशमा बामपन्थीको सरकारको आवश्यकता रहेको भन्दै श्रमजीवि नेपालीको पक्षमा काम गर्नका लागि हसिया हतौडा र सूर्य चिन्ह्मा मात दिन आब्हान गरे ।

उनीसंगै नेकपा एमालेकी पुर्व सांसद कल्पना चापागाई, एमाले नेता मेघनाथ सुवेदी र पार्टी उप सचिव गोविन्द पहाडी पनि घरदैलो अभियानमा सक्रिय छन ।

यसैवीच आइतबार नै जिल्लाको जलजला गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त भेला सम्पन्न भएको छ । भेलामा दुवै पार्टीका नेताहरुले संयुक्त चुनावी रणनीति तयार पारेका छन ।