Print

जोशी विरुद्धको उमेदवारी शर्माद्धारा फिर्ता, यो छ भित्री रहस्य

१९ कार्तिक, पर्वत । नेपाली काँग्रेसका आधिकारीक उमेदवारका बिरुद्ध बागी उठेका कांग्रेस नेता तथा पूर्व जिल्ला उपसभापति राम शर्मा पौडेलले उमेदवारी फिर्ता लिएका छन । नेपाली कांग्रेसले पर्वतबाट प्रतिनिधीसभामा उमेदवार बनेका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीका बिरुद्ध बागी उमेदवार दिएका पौडेलले आइतबार उमेदवारी फिर्ता लिएका हुन ।

पौडेलले उमेदवारी फिर्ता लिन पोखराबाट कुस्मा सम्म हेलिकप्टर चार्टर गरेका थिए । प्रभु एयरको हेलिकप्टर ५० हजार रुपैयामा चार्टर गरिएको थियो । पौडेलको नाममा १ बजे अघि नै उमेदवारी फिर्ताका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिइएको थियो । तर पौडेल भने १.३० पछि मात्रै निर्वाचन कार्यालयमा पुगेका थिए ।

congres pkr
पौडेलले नेपाली कांग्रेसले उचित जिम्बेवारी दिने बिषयमा सहमति भएपछि उमेदवारी फिर्ता गरेको बताइएको छ । नेपाली कांग्रेसका युवा नेता तथा ब्यबसायी मनोज गुरुङ्ग, मोहन आचार्य, प्रकाश पौडेल लगायतको पहलमा शनिबार मध्यरात सम्म पोखरामा छलफल भएपछि आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर पौडेलले उमेदवारी फिर्ता लिएका थिए ।

मनोज गुरुङ्गको बैदाम केबुलमा राती १२ बजे सम्म अर्जुनप्रसाद जोशी, नबराज गुरुङ्ग, खगेन्द्र तिवारी,राजेन्द्र तिवारी र पौडेलका बिचमा छलफल भएको स्रोतले बताएको छ । बैठककै क्रममा शेरबहादुर देउवाले गरेको फोन नउठाई बसेका पौडेलले उमेदवारी फिर्ता लिनुको भित्री कारण भने खुलेको छैन ।

पर्वतको प्रदेश सभा क मा प्रत्यक्ष तर्पm उमेदवारीको दावा गर्दै आएका शर्माले नेपाली कांग्रेस पर्वतमा एउटा ब्यक्तिको अधिनायकबाद कायम रहेकाले त्यसका बिरुद्ध उमेदवारी दिएको बताएका थिए । उनले दबाबमा उमेदवारी फिर्ता लिएपनि कांग्रेस भित्र असन्तुष्टी भने कायम रहेको छ ।