१९ कार्तिक, पर्वत । बाम गठबन्धनको सयुंक्त निर्वाचन लक्षित क्षेत्रीय पहिलो भेला पर्वतको फलेवास नगरपालिकाको देविस्थानमा सम्पन्न भएको छ । स्वाधिनता,समृद्धि र समाजवादको आधार सबै तहमा बामपन्थिको सरकार भन्ने मुलनाराका साथ आयोजना गरीएको भेलामा बाम गठबन्धनले पर्वत क्षत्र नं. २ मा ५ हजार भन्दा बढी मतान्तरले लोकतान्त्रिक गठबन्धन लाई पराजित पार्ने दाबी गरेको छ । समग्र जिल्लामा भने १० हजार भन्दा बढी मतले विजयी हुने गठबन्धनको दाबी छ ।
भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य विजय गुरुङले राष्ट्रिय स्वाधीनताको रक्षा, संविधानको कार्यान्वयन र विकास,समृद्धि हासिल गर्ने, सामाजिक न्याय हासिल गर्ने, गरिबीमुत्त बनाउने बाम गठबन्धनको स्पष्ट राजनीतिक लाइन रहेको बताउदै बाम गठबन्धन लाई मतदान गरी अत्याधिक बहुमतले बिजयी गराउन आह्वान गर्नुभयो । उहाँले बाम गठबन्धनका उम्मेदवार लाई बिजयी गराउन कुनै पनि कसुर बाकीँ नराखी निर्वाचनमा खटेर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
नेकपा एमालेका प्रभाव शाली नेता निर्वतमान सांसद एवं प्रदेश सभाका उम्मेदवार विकास लम्सालले आफुहरुलाई क्षेत्र नं. २ का प्रत्यक स्थानीए तह बाट बहुमत प्राप्त हुने दाबी गर्दै आफुहरुले पर्वत क्षेत्र नं. २ मा मात्र लोकतान्त्रिक गठबन्धन लाई ५ हजार भन्दा बढी मतले पराजित गर्ने ठोकुवा गर्नुभयो ।
लम्सालले बाम गठबन्धनको जित लाई कुनै राष्ट्रघाती सामन्ति र दलालीको तागतले रोक्न नसक्ने बताउनुभयो । उहाँले प्रतिक्रियाबादी कारक तत्व लाई परास्त पार्न नेपालमा बाम गठबन्धन उदएको बताउदै देशको परिर्वतन बाम गठबन्धन बाट मात्र सम्भव रहेकोले आफुहरुलाई बिजयी गराउन आग्रह गर्नुभयो ।
लम्सालले आफ्नो विपक्षी उम्मेदवार लाई आफुले समान्य ठानेको बताउदै नेपाली काङग्रेसको उम्मेदवार बाट कुनै परिर्वत होला कि भन्ने आशा समेत नर्गन स्थानीए बासीन्दा लाई आग्रह गर्नुभयो । उहाँले पर्वत क्षेत्र नं. २ बाट निर्वाचित भएपछी २ बर्षको अवधि संबिधान निर्माण गर्नमा बितेको भन्दै तिब्र गतिमा जुन आफुको विकास गर्ने योजना थीयो सोही अनुसार विकास गर्ने पुर्ण समय आफुले नपाएको बताउदै आफुले थालेका र सम्पन्न हुन नसकेका विकास निर्माणका आयोजनाहरु लाई सम्पन्न गर्नको लागी अमुल्य मतदान गर्र्न आग्रह गर्नुभयो ।
नेकपा माओवादीका प्रभावशाली नेता गगन कुमार थापाले वि.स.२००७ साल देखि वीचमा केही समय छोडेर अधिकांस समय कांग्रेसले सत्ता समाले पनि देशमा आर्थिक र सामाजिक क्रान्ति गर्न नसकेकाले विकास र समृद्धीका लागि पनि कम्यूनिष्टहरुको एकता भएको बताउनुभयो । गरीब जनता लाई ठगेका दलालीले यसक्षेत्रमा पैसा प्रयोग गरेर चुनाव जित्ने दुश्हास गरेतापनि जनता स्वाधिनता र समृद्धिकोको पक्षमा रहेकाले बाम गठबन्धनका उम्मेदवार लाई विजयी गराउने बताउनुभयो ।
भेलामा एमाले पर्वतका सचिब एवं फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले पार्टीले केन्द्र बाट निर्देशन गरेको पत्र बाचन गरेर सुनाउनुका साथै निर्वाचन प्रचार प्रसार कार्यतालिका प्रस्तुत गर्नुभएको थीयो ।
नेकपा एमाले क्षेत्र नं. २ का संयोजक ईश्वरी भुषालको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ऋषीराम भुषालले गर्नुभएको थीयो । बाम गठबन्धनका कार्यकर्ताहरुले बाम गठबन्धनका उम्मेदवार लाई बिजयी गराउन कम्मर कसेर लाग्ने प्रण गरेका छन् ।




