Print

पर्वत कांग्रेसमा बिद्रोह, जोशी बिरुद्ध उमेदवारी दिएका शर्मा भन्छन–‘कांग्रेस एउटा ब्यक्तिको पेवा होइन ’

१६ कार्तिक, पर्वत । नेपाली काँग्रेसका नेता तथा पूर्व जिल्ला उपसभापति राम शर्मा पौडेलले लोकतान्त्रिक गठबन्धनको बिरुद्धमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन ।

नेपाली कांग्रेसले पर्वतबाट प्रतिनिधीसभामा केन्द्रिय सदस्य तथा पुर्व साँसद अर्जुनप्रसाद जोशीलाई उमेदवार बनाएपछि पुर्व महासमिति सदस्य समेत रहेका पौडेलले स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन ।

पर्वतको प्रदेश सभा क मा प्रत्यक्ष तर्पm उमेदवारीको दावा गर्दै आएका शर्माले प्रतिनिधि सभा सदस्यको लागि बागी उम्मेद्वारी दर्ता गराएका हुन । नेपाली कांग्रेसका पुर्व महासमिति सदस्य तथा जिल्ला बिकास समितिका पुर्व उपसभापति रहेका पौडेल कांग्रेस भित्र प्रभावशाली नेता मानिन्छन । उनी २०५१ सालमा पर्वत क्षेत्र नं १ बाट प्रतिनिधी सभामा बिजयी भएका इन्दु शर्मा पौडेलका भाई समेत हुन ।

नेपाली कांग्रेस पर्वतका एउटा ब्यक्तिको अधिनायकबाद कायम रहेकाले त्यसका बिरुद्ध उमेदवारी दिएको बताएका छन । ‘नेपाली कांग्रेस एउटा ब्यक्तिको पेवा होइन’ उनले भने ‘प्र्रजातन्त्रका लागि लडेकाहरु कसैको अधिनायकबाद सधैभर स्विकार गरेर बस्न सक्दैनन, त्यसैले स्वतन्त्र उमेदवारी दिएको हो’ उनले आँपू लामो समय नेपाली काँग्रेसमा रहेर सक्रिय राजनीति गरेको भएपनि आप्नो पार्टीले भने त्यसको मूल्याङकन नगरेको प्रतिक्रिया दिएका छन ।

उनले यस पटक पैसाका आधारमा टिकट बिक्री भएको र संसदीय बोर्ड देखि जिल्लामा उठ्ने उमेदवार समेतले पैसा दिएर टिकटको बाँडफाँड भएकाले आफुँले उमेदवारी दिएको बताए । ‘ मैले कसैका बिरोधमा उम्मेद्वारी होईन, पार्टीमा पैसाको आधारमा टिकट बाँडिने चलनको बिरोध हो । पैसा नभएकै कारण मैले टीकट पाईन त्यसैले मैले काँग्रेसको राजनीतिबाट पछाडि हट्ने गरी र उम्मेद्वारी फिर्ता नलिने गरी मनोनयन दर्ता गराएको हुँ ।” आँपू पटक पटक गरी १४ महिना सम्म जेल परेको भएपनि पार्टीले भने छलकपट गरेको उनको गुनासो छ ।

कांग्रेस पर्वतमा तीब्र असन्तुष्टी

जिल्लामा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाको लागि निवर्तमान साँसद अर्जुनप्रसाद जोशीले टिकट पाएका छन । प्रदेशसभा क मा पुर्वसभापति नबराज गुरुङ्ग र ख मा महाधिबेशन प्रतिनिधी राजेन्द्र तिवारी उमेदवार भएका छन । उमेदवार छनौटका क्रममा रामचन्द्र पौडेल समुह पुरै क्लिन स्विपमा परेको छ भने शेरबहादुर देउवाको पक्षमा सधै रहेका राम शर्मा पौडेलहरुले समेत बिद्रोह गरेका छन । प्रदेश क मा राम शर्मा पौडेल र बिद्वान गुरुङ्ग उमेदवारको अन्तिम प्रतिष्पर्धामा रहेका थिए । तर २०७० को चुनाबमा पर्वत क्षेत्र नं २ मा गएका नबराज गुरुङ्ग प्रदेश क मा फर्किपछि उनी संगै रहेका राम शर्मा पौडेल पनि असन्तुष्ट बनेका छन भने बिद्वान गुरुङ्गले पनि खुलेर सहयोग गर्ने अवस्था नदेखिएको कांग्रेसका कार्यकर्ताले बताएका छन ।

प्रदेश ख मा पुर्व साँसद तथा बिकासबादी दृष्टिकोणका अभियान्ता ऋषिकेश तिवारीको उमेदवारी राती अन्तिम समयमा काटिएको छ। तिवारीको नाम मध्यरातमा काटिएपछि उनले बालुवाटारमै अनसन बस्ने चेतावनी दिएका थिए ।

उमेदवारी चयनपछि नेपाली कांग्रेसका महासमिति सदस्य बसन्तबहादुर सिके, जिल्ला उपसभापति दुर्गाबहादुर खत्री, २०५६ मा अर्जुनप्रसाद जोशीले जनैबादको नारा लगाउँदै उमेदवारी खोसेका भवानीशंकर पौडेल, पुर्व क्षेत्रिय सभापति बलभद्र शर्मा, महाधिबेशन प्रतिनिधी गंगाराज शर्मा, पुर्व जिल्ला सभापति लालकाजी गुरुङ्ग समेत असन्तुष्ट रहेका छन । यी सबै असन्तुष्टहरुको समर्थन आफुँलाई रहेको बागी उमेदवार शर्माले पत्रकार सम्मेलनमा बताए । ‘अधिनायकबाद र निरंकुशताका बिरुद्ध एकमुष्ट बिष्फोट भएको छ’ उनले भने ‘अहिले सम्म गुम्सिएको असन्तुष्टि भूकम्प जस्तै बिष्फोट भएको हो’