Print

पर्वतमा मनोनयन दर्ता : कांग्रेसबाट शर्माको जोशी विरुद्ध बागी उम्मेदवारी, कांग्रेस भित्र हलचल

१६ कार्तिक, पर्वत । नेपाली कांग्रेसका नेता तथा पुर्व जिल्ला उपसभापति राम शर्मा पौडेलले लोकतान्त्रिक गठबन्धनको विरुद्ध बागी उम्मेदवारी दिएका छन् । लामो समय सम्म नेपाली कांग्रेसमा रहेर राजनीतिमा संगर्षरत रहेका शर्माले प्रतिनिधि सभा सदस्यमा दाबी गरेको र आफुले आधिकारिक टिकट नपाएपछि बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसमा रहेर लामो समय सम्म राजनीतिमा सक्रिय रहेको र अहिले पाटीले आफ्नो योगदानको कदर नगरेको हुँदा आफुले बागी उम्मेदवारी दिएको बताए ।

आफु पटक पटक गरेर चौध महिना जेल परेको कुरा उद्गृत गर्दै पाटी पंक्तिले आफुलाई छलकपट गरेको गुनासो गरे । लोकतान्त्रिक गठबन्धन भित्र प्रभावशाली मानिने शर्माले बागी उम्मेदवारी दिएपछि अहिले नेपाली कांग्रेस बृत्तमा ठूलै हलचल मच्चिएको छ ।