Print

कांग्रेसले उमेदवार टुंगायो, प्रदेश सभामा गुरुङ र तिवारी उठ्दै

१६ कार्तिक, पर्वत । नेपाली कांग्रेसले आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उमेदवारी टुंगाएको छ । आगामी निर्वाचनका लागि कांग्रेसले बुधवार राती आफ्ना उमेदवारहरुको नाम टुगाएको कांग्रेस श्रोत बताउँछ ।

कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि यस अघि केन्द्रिय सदस्य तथा पुर्व सांसद अर्जुन जोशीको नाम टुंगाएको थियो ।

बुधबार अवेर कांग्रेसको वैठकले पर्वत क्षेत्र न १ (क) मा नवराज गुरुङ र क्षेत्र न २ (ख) मा राजेन्द्र तिवारीलाई उठाउने निर्णय गरेको बताइएको छ । गुरुङ पर्वत क्षेत्र न २ मा संविधान सभाको निर्वाचनमा एमालेका विकास लम्सालसंग पराजित नेता हुन ।

उनी कुश्मा नगरपालिका वडा न ३का बासिन्दा हुन । तिवारी भने पैयू गाउँपालिकाका बासिन्दा हुन । कांग्रेसका महाधिवेशन प्रतिनिधि तिवारीले युवा पुस्ताको प्रतिनिधित्व गर्छन ।