१५ कार्तिक, पर्वत । आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि बाम गठनबन्धनको तर्फबाट नेकपा एमाले पर्वतका जिल्ला अध्यक्ष पदम गिरी उमेदवार हुने भएका छन । नेकपा एमालेको स्थायी कमिटिको आजको निर्णय अनुसार एमाले अध्यक्ष गिरीलाई प्रतिनिधि सभाको उमेदवार बनाउने निर्णय गरेको एमालेले जनाएको छ । जिल्ला अध्यक्षको गिरी पर्वत जिल्लाको कुश्मा नगरपालिका दुर्लुङका स्थायी बासिन्दा हुन । बाम गठबन्धनमा आशालाग्दा युवा नेताको रुपमा उदाएका नेता गिरीलाई एमालेले अन्ततः प्रतिनिधि सभाको उमेदवार बनाउने निर्णय गरेको बताइएको छ । योसंगै बामगठबन्धनबाट प्रतिनिधि सभाको उमेदवारको टुंगो लागेको छ । गिरी विरुद्ध कांग्रेसका अर्जुन जोशी भिड्दैछन ।
यसैगरीे प्रदेश सभाको निर्वाचनका लागि बाम गठनबन्धनको तर्फबाट नेकपा एमाले पर्वतका पूर्व जिल्ला अध्यक्ष तथा निवर्तमान सांसद विकास लम्साल उमेदवार हुने भएका छन । नेकपा एमालेको स्थायी कमिटिको आजको निर्णय अनुसार एमाले अध्यक्ष लम्साललाई प्रदेश सभाको उमेदवार बनाउने निर्णय गरेको एमालेले जनाएको छ । लम्साल एमालेको तर्फबाट पर्वत क्षेत्र न २ मा दोस्रो संविधान सभाको निर्वाचनमा विजयी सांसद हुन ।
यसैगरी पर्वत क्षेत्र न १ (क) बाट माओवादी केन्द्रको तर्फबाट नेत्र अधिकारी उमेदवार बन्ने भएका छन । एमाले र माओवादीको संयुक्त गठनबन्धनबाट केन्द्रिय स्तरमा भएको क्षेत्र बाँडफाँड अनुसार क्षेत्र न १ (क) माओवादीको कोटामा परेको थियो । तालमेल पछि एमालेले यो क्षेत्र छाँडेको छ । माओवादीको पोलिटब्यूरो सदस्य समेत रहेका अधिकारी यस अघि २०७० सालको संविधान सभाको निर्वाचनमा पनि पर्वत क्षेत्र न १ बाट उमेदवार बनेका थिए ।




