Print

पर्वतबाट बाम गठबन्धनको तर्फबाट क्षेत्र न १ (ख) मा एमाले नेता लम्साल भिड्दै

१५ कार्तिक, पर्वत । आगामी मंसीर २१ गते हुने प्रदेश सभाको निर्वाचनका लागि बाम गठनबन्धनको तर्फबाट नेकपा एमाले पर्वतका पूर्व जिल्ला अध्यक्ष तथा निवर्तमान सांसद विकास लम्साल उमेदवार हुने भएका छन । नेकपा एमालेको स्थायी कमिटिको आजको निर्णय अनुसार एमाले अध्यक्ष लम्साललाई प्रदेश सभाको उमेदवार बनाउने निर्णय गरेको एमालेले जनाएको छ ।

लम्साल एमालेको तर्फबाट पर्वत क्षेत्र न २ मा दोस्रो संविधान सभाको निर्वाचनमा विजयी सांसद हुन । बाम गठबन्धनमा आशालाग्दा युवा नेताको रुपमा उदाएका नेता लम्साललाई एमालेले अन्ततः प्रदेश सभाको उमेदवार बनाउने निर्णय गरेको बताइएको छ ।

एमालेले यस प्रतिनिधि सभामा जिल्ला अध्यक्ष पदम गिरी र प्रदेश सांसदका लागि क्षेत्र न १ (क) मा माओवादीका नेत्र अधिकारीलाई उमेदवार बनाउने निर्णय गरेको बताइएको छ ।