Print

पर्वतबाट बाम गठबन्धनको तर्फबाट एमालेका जिल्ला अध्यक्ष गिरी भिड्दै

१५ कार्तिक, पर्वत । आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि बाम गठनबन्धनको तर्फबाट नेकपा एमाले पर्वतका जिल्ला अध्यक्ष पदम गिरी उमेदवार हुने भएका छन ।

नेकपा एमालेको स्थायी कमिटिको आजको निर्णय अनुसार एमाले अध्यक्ष गिरीलाई प्रतिनिधि सभाको उमेदवार बनाउने निर्णय गरेको एमालेले जनाएको छ ।

जिल्ला अध्यक्षको गिरी पर्वत जिल्लाको कुश्मा नगरपालिका दुर्लुङका स्थायी बासिन्दा हुन । बाम गठबन्धनमा आशालाग्दा युवा नेताको रुपमा उदाएका नेता गिरीलाई एमालेले अन्ततः प्रतिनिधि सभाको उमेदवार बनाउने निर्णय गरेको बताइएको छ । योसंगै बामगठबन्धनबाट प्रतिनिधि सभाको उमेदवारको टुंगो लागेको छ । गिरी विरुद्ध कांग्रेसका अर्जुन जोशी भिड्दैछन ।