१४ कार्तिक, पर्वत । पर्वतको सदरमुकाम कुस्माबजारमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पर्वतको कुस्मा नगरपालिका –४ छमर्केमा बस र स्कुटर ठोक्किदा स्कुटर चालक पर्वतको जलजला गाउँपालिका घर भै कुस्माको जिरोकिमी बस्दै बस्दै आएका ३३ बर्षिय धनबीर पुन मगरको मृत्यु भएको हो ।
नारायणगढबाट बागलुङ्ग जाँदै गरेको ग १ ख ५७८० नम्बरको बस र मालढुंगाबाट कुस्मा आउँदै गरेको ६५८६ नम्बरको स्कुटर ठोक्किएका थिए । स्कुटर चालक पुनलाई उपचारका लागि पर्वत जिल्ला अस्पताल लैजाँदै गर्दा बिच बाटोमा नै मृत्यु भएको थियो । बसका यात्रुहरु भने सकुसल छन ।




