१४ कार्तिक, पर्वत । आगामी मंसीर २१ गते हुने प्रदेश सभाको निर्वाचनका लागि पर्वत क्षेत्र न १ (क) बाट माओवादी केन्द्रको तर्फबाट नेत्र अधिकारी उमेदवार बन्ने भएका छन । एमाले र माओवादीको संयुक्त गठनबन्धनबाट केन्द्रिय स्तरमा भएको क्षेत्र बाँडफाँड अनुसार क्षेत्र न १ (क) माओवादीको कोटामा परेको थियो ।
माओवादी केन्द्र पर्वतले बाम गठबन्धन पुर्व क्षेत्र न १ मा केशवराज कुँवर र दिपक आचार्यलाईे सिफारिस गरेपनि बाम तालमेल पछि माओवादीले आन्तरीक रुपमा निर्णय परिर्वतन गरेको माओवादी श्रोतको भनाई छ ।
तालमेल पछि एमालेले यो क्षेत्र छाँडेको छ । माओवादीको पोलिटब्यूरो सदस्य समेत रहेका अधिकारी यस अघि २०७० सालको संविधान सभाको निर्वाचनमा पनि पर्वत क्षेत्र न १ बाट उमेदवार बनेका थिए । उक्त चुनावमा तेस्रो स्थान प्राप्त गरेका अधिकारीलाई माओवादीले यस पटक पनि उमेदवार बनाउने आन्तरीक सहमती गरिसकेको माओवादी श्रोत बताउँछ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालका निकट मानिने अधिकारी माओवादीको शसस्त्र युद्धकाल देखि नै माओवादी आन्दोलनमा सक्रिय छन । कुश्मा नगरपालिका वडा न १ पाङ घर भएका अधिकारी बाम तालमेल पछि प्रदेश चुनावमा लड्ने गरी तयारी गरेका हुन । यस अघि उनलाई संघको निर्वाचनका लागि माओवादी केन्द्रको जिल्ला वैठकले सिफारिस गरेको थियो ।
एमाले समेतको मतका आधारमा जीत नजिक भएको भन्दै माओवादी र गठनबन्धनका कार्यकर्ताहरु अधिकारीको पक्षमा आन्तरीक प्रचार प्रसार शुरु गरेका छन । क्षेत्र न १ मा अधिकारीको विरुद्ध नेपाली कांग्रेसको उमेदवारको भने अझै टुंगो लाग्न सकेको छैन ।




