१२ असोज, पर्वत । हिन्दु नेपालीहरुको पर्व दशैलाई निर्वाचनको उत्सवको रुपमा मनाउन नेकपा एमाले पर्वतका जिल्ला अध्यक्ष पदम गिरीले अनुरोध गरेका छन । बुधवार पर्वतको मोदीगाउँपालिका स्थित बाजुङ वडामा आयोजीत पार्टी पुर्नमिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले आगामी प्रदेश र संघको निर्वाचनमा एमालेलाई विजयी गराउन पार्टी कार्यकर्तालाई दशैको उत्सवकलाई निर्वाचनमय बनाउन निर्देशन दिएका हुन ।
कार्यक्रममा बोल्दै एमाले अध्यक्ष गिरीले देशको रास्ट्रीयता रक्षा, समृद्ध नेपाल निर्माणको स्पस्ट खाकाका लागि एमालेको महत्वपूर्ण भूमिका रहेको जिकिर गरे । संविधान निर्माणमा एमालेले खेलेको अहम भुमिकाको प्रशंग उल्लेख गर्दै अध्यक्ष गिरीले स्थानिय चुनाबमा अनेकन सडयन्त्रका बाबाजुद पनि एमाले पहिलो शक्ति बनेको स्पष्ट पारे ।
अहिले बर्तमान सरकारले भिमकाय आकारको मन्त्री मन्डल गठन गरेर बिश्व रेकर्ड ब्रेक गरेको बताउँदै अध्यक्ष गिरीले वर्तमान सरकारले देह र जनताको दोहन गरेको खुलासा गरे । दिल्लीमा गएर वर्तमान सरकारले गरेको लज्जास्पद सम्झौताका कारण पनि नेपालीको शिर निहुरिएको दावी गर्दै अध्यक्ष गिरीले सरकार पूर्णतः असफता तर्फ उन्मुख रहेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले देश परिर्वतनको सफल साथ्र्य युवा पुस्ता भएकाले देश विकास लागि आगामी निर्वाचनमा युवा पुस्ताको माग नेपाली जनताले गरेको बताउँदै दशैले देश विकासको लागि सफल नेतृत्व चयनका लागि नेपाली जनतालाई आग्रह पनि गरे ।
कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, एमालेका अर्थ तथा योजना विभाग सदस्य देउ काजी गुरुङ, एमाले पर्वतका उपाध्यष भक्त कुवँर, एमालेका न्तराष्ट्रिय वित्तिय संघका महासचिव ताराखर अधिकरी एमाले मोदी संगठन कमिटिका संयोजक दाताराम चपागाइ लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । गाउँ कमिटिका वडा अध्यक्ष दलबहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तेजबहादुर क्षेत्री, देउपुर वडाका वडा अध्यक्ष विकास तिमिल्सीना, लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।




