Print

नेपालका ७७ जिल्लाका झण्डै ८ सय युवा पर्वतको कुश्मामा

 ३१ भदौ, पर्वत । रोट्याक्ट क्लव नेपालको आयोजनामा पर्वतमा मुलुकभरका १ सय १८ रोट्याक्ट क्लवका अध्यक्ष र सचिवको भेला आजदेखि पर्वतमा शुरु भएको छ । कार्यक्रमका लागि शुक्रबार नै मुलुकभरका क्लवका पदाधिकारीहरु पर्वतमा आइपुगेका छन् ।  १८ देखि ३० बर्ष उमेर समुहका युवाहरु आबद्ध रहने यस रोट्याक्ट क्लव अफ नेपालको महत्वपूर्ण कार्यक्रम मानिने पिएस मिट अर्थात अध्यक्ष सचिवहरुको भेलाले मुलुकभर नयाँ कार्यक्रम सञ्चालन गर्ने र विगतमा भएका कार्यक्रमहरुको समिक्षा गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा मुलुकभरका क्लवहरुबाट ७ सय देखि ८ सय जना सम्म प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको रोट्याक्ट क्लव अफ पर्वतका अध्यक्ष मिलन पौडेलले जानकारी दिए ।  उक्त कार्यक्रम व्यवस्थापनका लागि रोट्याक्ट क्लव अफ बागलुङले समेत सहभागिता जनाएको छ । कार्यक्रम सँगै पर्वत र बागलुङको पर्यटन प्रबद्र्धनमा समेत महत्वपूर्ण भूमिका रहने क्लवका अध्यक्ष पौडेलले जानकारी दिए ।

क्लव पर्वत र बागलुङले कार्यक्रम सफलता रुपमा सम्पन्न गर्नका लागि सवै समक्ष अनुरोध आग्रह गरिएको र सफल रुपमा सम्पन्न गर्ने अठोट समेत लिइएको कार्यक्रम संयोजक एवं रोट्याक्ट क्लव अफ पर्वतका पुर्व अध्यक्ष विनोद आचार्यले जानकारी दिए ।