Print

‘कृषिमा निर्यात कर कृषकसंग होइन, ब्यापारीसंग लिने हो’

१९ भदौ, पर्वत ।  पर्वतको फलेवास नगरपालिकाले कृषिलाई ब्यबसायिक बनाउन अनुदान बढाउने उद्देश्यले कृषि उपज निकासीमा कर लगाएको स्पष्ट पारेको छ । नगरपालिकाले कुस्मामा पत्रकार सम्मेलन गरेर नगरभित्र ब्यबसायिक कृषकलाई अनुदान बृद्धि गर्न निकासी हुने कृषिजन्य बस्तुलाई सामान्य रुपमा कर लगाइएको स्पष्ट पारेको हो ।

‘फलेबास नगरपालिका कृषिको पकेट क्षेत्र भएकाले ब्यबसायिक कृषकहरुलाई अनुदान बृद्धि गर्न र दिर्घकालिन रुपमा कृषिलाई प्रर्बद्धन गर्न कर लगाउने निर्णय भएको हो ’ नगर प्रमुृख पदमपाणी शर्माले भने ‘एक दुई मुठा साग बेच्ने कृषकलाई नभई ब्यबसायिक रुपमा कृषि उपज बिक्री गर्ने ब्यापारीले कर तिर्ने छन’ । फलेबास नगरपालिकाले यस बर्ष कृषकका लागि अनुदान दिन ३ करोड बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक बर्षमा कृषिलाई ब्यबसायिकरण गर्न थप अनुदान बढाउनुपर्ने भएकाले सामान्य कर लगाइएको शर्माले बताए । यस पटक संकलन हुने कर बापतको रकम थप गरेर अर्को बर्ष कृषकलाई अनुदान दिने जानकारी गराए । उनले उत्पादक कृषकले कर तिर्नु नपर्ने र फलेबास बाहिरबाट उपज किन्न जाने क्रेतालाई मात्र त्यसको भार पर्ने स्पष्ट पारे ।

फलेबासको हालै सम्पन्न नगर सभाले नगरपालिका भित्र पर्ने ११ वटै वडामा उत्पादन हुने कृषि सम्वन्धी उत्पादन तथा सेवाहरुमा कर लगाउने निर्णय गरेको छ । नगर भित्रका साविकका ११ वटा गाविसमा हुने विभिन्न प्रकृतिका उत्पादनलाई बाहिर निर्यात गर्दा वा नगरपालिका भित्र आयात गर्न कर लिने व्यवस्था गरिएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।

न्यूनतम एक रुपैयादेखि १ सय रुपैया सम्म कर संकलन गर्ने निर्णय गरेर टेण्डर आव्हान गरिएको छ । नगरपालिकाले कर लगाउन टेण्डर आब्हान गरेपछि त्यसको आलोचना समेत भएको छ । तर नगरप्रमुख शर्माले कृषिमा कर लगाउने बिषयमा नगरभित्रका ब्यबसायिक कृषकहरुका बिचमा छफलफल गरि उनीहरुले खुसीसाथ कर तिर्ने वातावरण तयार गरिने बताए ।‘सबै कृषकहरु खुसीसाथ कर तिर्ने र कृषिलाई निर्वाहमुखीबाट ब्यबसायिक बनाउन अनुदान थप्दै जाने कुरामा सहमत हुनेछन’ उनले भने । फलेबास नगरपालिकाले कृषिमा लिने कर कार्यालय सञ्चालन र कृषि बाहेकका अन्य पुर्बाधारका क्षेत्रमा खर्च नगरिने स्पष्ट पारे । ‘कृषक संग एक रुपैया कर लिएर एक लाख अनुदान दिन्छौ’ उनले भने ‘यसबाट उत्पादक कृषक कुनै पनि हालतमा मर्कामा पर्दैन, बरु उनीहरु अझ बढी ब्यबसायिक बन्न उत्प्रेरित हुन्छन ’

नगरसभाले सुन्तला तथा अमिलो जातका बस्त, तरकारी बिऊ तथा ताजा तरकारी, कफि, लप्सी, आलु, अलैची, अदुवा वेसार, मह तथा माहुरीका गोला, दुध निकासी वापत कर लगाईने भएको हो । त्यसैगरी खसरी बोका, बाख्रा भेडा, खुकुरा, गाई भैसी, राँगा, बंगुर, माछा, सुन्तला तथा अमिलो जातका बस्त, तरकारी बिऊ तथा ताजा तरकारी, कफि, लप्सी, आलु, अलैची, अदुवा वेसार, मह तथा माहुरीका गोला, दुध निकासी वापत कर लगाईने भएको हो ।

त्यसैगरी खसरी बोका, बाख्रा भेडा, खुकुरा, गाई भैसी, राँगा, बंगुर, माछा, केरा तथा अन्य फलफुलहरुमा नगर पालिका भन्दा बाहिर निकासी गरेवापत कर लिने तयारी भएको फलेवास नगरपालिकाका कार्यकारी अधिकृत मोती सापकोटाले जानकारी दिए । उनले करको भार फलेबास नगरभित्रका जनता र कृषमा नपर्ने भएकाले त्यसको बिरोध गर्नुको कुनै औचित्य नभएको स्पष्ट पारे ।