२१ साउन, पर्वत । संघीयता कार्यान्वयन, स्थानिय तह लागु र जनप्रनिधि निर्वाचन भएर आइसकेको छ । नयाँ आर्थिक वर्षको शुरुवातसँगै पर्वतका स्थानिय तहमा कर्मचारी समायोजन गरिएको छ । गाउँ गाउँमा रहको स्थानिय तहमा बसेर प्रत्यक्ष रुपमा आम नागरिकलाई सेवा दिनका लागि कर्मचारी गाउँ गाउँमा खटाइएको हो । स्वास्थ्य, शिक्षा, प्रशासन र प्राविधिक धारका कर्मचारीलाई गाउँ गाउँमा परिचालन गरिएको जिल्ला कर्मचारी व्यवस्थापन समितिले जनाएको छ ।
कृषि, पशु, बन लगायतका कार्यालयका कर्मचारी हरु साविकका सेवा केन्द्रहरुबाट समायोजन गरिएको छ । उनिहरुलाई नजिकका स्थानिय तहमा काम गर्नका लागि खटाइएको समितिले जनाएको छ । प्रमुख जिल्ला अधिकारी को संयोजकत्वमा रहेको कर्मचारी व्यवस्थापन समितिले साविसकका जिल्लामा रहेका कार्यालयवाट १० जना प्रशासन तर्फका कर्मचारी, १४ जना स्वास्थ्यका कर्मचारी र १० जना प्राविधिक कर्मचारीहरुलाई खटाएको जनाएको छ ।
स्थानिय तहको चुनाव अघिनै जिल्लाका विभिन्न ७ तहमा ८ जनालाई परिचलन गरेको थियो । गाउँमै बसेर नागरिकहरुलाई प्रत्यक्ष रुपमा सेवा दिउँन र नागरिकहरुले राज्यको अनुभूति गर्न सकुन भन्ने उद्धेश्यले जिल्लाका सवै स्थानिय तहमा कर्मचारीलाई व्यवस्थापन गरिएको जिल्ला अनुसन्धान अधिकृत विष्णु पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार सवै कर्मचारीहरु आ–आफ्नो कार्यक्षेत्रमा गइसकेका छन् ।
पर्वतका सथानिय तहमा खटिए सरकारी कार्यालयबाट कर्मचारी जिल्ला स्वास्थ्य कार्यालयका १४ जना स्वास्थ्य कर्मिलाई कुश्मा, फलेवास, महाशिला, विहादी, पैंयु, मोदी र जलजलामा २/२ वटाको दरले परिचालन गरिएको छ । अहिलेसम्म महिला तथा बालबालिका कार्यालयबाट भने कर्मचारीहरुालई स्थानिय तहमा नपठाइएको बताइएको छ ।
त्यसैगरी जिल्ला मालपोत, जिल्ला बन, सिप विकास तालिम केन्द्र, हुलाक लगायतबाट समेत कर्मचारीहरु समायोजन गरिएको बताइएको छ ।
ग्रामीण क्षेत्रमा भर्खरै संचालनमा आएका स्थानिय तहमा पूर्वाधारको अभाव खड्किएको भन्ने गुनासो आइरहेका बेला जिल्लाबाट खटिएका कर्मचारीलाई कार्यकक्ष समेत व्यवस्थापन गर्न समस्या भएको छ । विहादि, महाशिला, मोदी, जलजला, पैंयु लगायतका स्थानमा भवन लगायतका पूर्वाधारको अभाव भएको हो ।
Print
पर्वतका स्थानीय तहमा कर्मचारी खटाइयो (विवरण सहित)



