२१ साउन, पर्वत । जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । शुक्रबार राति साढे १० बजे बोगटान गाउँपालिका–६ गगुडामा दुर्घटना भएको हो । डोटीको दिपायलबाट बोगटान गाउँपालिकाको चबराचौताराका लागि छुटेको जीप दुर्घटना भएको हो । शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् भने चारजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।
जीप कच्ची सडकबाट झण्डै साढे चार सय मिटर तल खसेको छ । निरन्तर पानी परेको र कच्ची सडक भएका कारण दुर्घटना भएको प्रहरीले बताएको छ । प्रहरी चौकी चबराचौताराबाट उद्घारका लागि प्रहरी घटनास्थलमा गइसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुलेको छैन ।



