Print

“एमाले विरोधीहरु दुलो पसे”– तिमिल्सीना

१७ साउन, पर्वत । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रदेश न ४ का सह संयोजक गणेश तिमिल्सीनाले एमाले विरोधीहरु दुलो पसेको टिप्पणी गरेका छन । मंगलबार जिल्ला समन्वय समिति पर्वतमा विजयी पदाधिकारीहरुलाई बधाई दिदै तिमिल्सीनाले एमालेलाई सिध्याउन खोज्नेहरु एमालेको जीत देख्न नसकेर लुक्न थालेको बताएका हुन ।

२०५४ सालमा जननिर्वाचित जिल्ला सभापति समेत रहेका तिमिल्सीनाले २० बर्ष अगाडिको इतिहास पर्वतमा दोहोरिएको बताउँदै जनताको मायाका कारण नै एमाले विजयी भएको उल्लेख गरे । नेकपा एमाले पर्वतको पाटी कार्यालयमा आयोजीत बधाई कार्यक्रमलाई सम्बोधन गर्दै नेता तिमिल्सीनाले एमाले स्थानीय तहमा मात्रै पहिलो पाटी नभएर संघ र प्रदेशको निर्वाचनमा पनि पहिलो पाटी हुने जिकिर गरे । कार्यक्रममा उपस्थित पाटी कार्याकर्ताहरुलाई आगामी चुनावको तयारी थाल्य निर्देशन दिदै तिमिल्सीनाले निर्वाचित जनप्रतिनिधिले जनताको भावना बुझेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा वैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपाली, सांसद कल्पना चापागाई, जिल्ला अध्यक्ष पदम गिरी, सचिव पदमपाणी शर्मा लगाएतले निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गरेका थिए ।