Print

नवनिर्वाचित समन्वय समितिका पदाधिकारीहरुको सपथ र पदभार ग्रहण आजै बेलुका ४ बजे

१७ साउन, पर्वत । आज सम्पन्न जिल्ला समन्वय समिति पर्वतको निर्वाचन निर्वाचित पदाधिकारीहरुका लागि सपथ ग्रहण तथा पदभार ग्रहण आजै हुने भएको छ । जिल्ला समन्वय समितिको कार्यालय पर्वत ले दिएको जानकारी अनुसार नवनिर्वाचित पदाधिकारीहरुको सपथ कार्यालयमै हुन लागेको हो । सपथ ग्रहणको लागि कार्यालयले विशेष तयारी गरेको छ । १५ बर्ष पछि जननिर्वाचित पदाधिकारी पाएको कार्यालय नवनिर्वाचित पदाधिकारीलाई पदभार ग्रहण गराउने गरी तयारी गरेको हो ।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा जननिर्वाचित पदाधिकारी पाएको समितिले त्यस पछिका दुई वटा प्रमुख भने तत्कालीन राजाले मनोनित गरेको ब्यक्तिलाई प ाएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष कार्यकालमा सभापतिको रुपमा ज्ञानेन्द्र विक्रम महत र इन्छाबहादुर गुरुङलाई सरकारले मनोनित गरी तत्काली जिल्ला विकास समितिको सभापतिको रुपमा कार्यभार सम्पुेको थियो । त्यस भन्दा अगाडि बढे एमालेको तर्फबाट गणेशप्रसाद तिमिल्सीना जनप्रनितिधिको रुपमा निर्वाचित भएका थिए । त्यसको १५ बर्ष पछि जनताले नै चुनेका प्रनितिधिलाई समितिको प्रमुखको रुपमा कार्यालयले पाउँदैछ ।

आज भएको निर्वाचनमा नेकपा एमालेका उमेदवार मनोहर वि. पौडेल र उपप्रमुखमा यामकुमार राना विजयी भएका छन । यसैगरी सदस्यहरुमा शर्मिला नेपाली (पैयू), विष्णुराम विक (महाशिला), नन्दलाल सुवेदी (मोदी), ज्ञानबहादुर भण्डारी (कुश्मा), ओमप्रकाश रेग्मी (जलजला), कविता विक (फलेवास), विष्णुमाया पौडेल (विहादी) विजयी भएका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।