१८ साउन, पर्वत । स्थानीय तहका सवै निर्वाचन पर्वतमा सकिएका छन । गाउँ र नगर स्तरीय प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य छान्नका लागि पहिलो चरणमा निर्वाचन भएको थियो । दोस्रो चरणमा नगर र गाउँ कार्यपालिका सदस्य छनौटका लागि अर्को निर्वाचन भएको थियो । ति निर्वाचन भउको झण्डै ३ महिना पछि जिल्ला समन्वय समितिको निर्वाचनसंगै जिल्लामा स्थानीय तहका सवै निर्वाचन सकिएका हुन । निर्वाचन सकिएको पर्वतमा०. ८ प्रतिशत मात्रै मत बदर भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ ।
२०६४ र ७० का संविधानसभा निर्वाचनमा करिब २ प्रतिशत मत बदर भएका थिए । ९९ हजार २ सय ४२ मतदाता रहेको पर्वतमा ६९ हजार ३ सय ३१ अर्थात् ६९.८६ प्रतिशत मत खसेको थियो । एउटै मतपत्रका सातवटा चिह्नमा मत संकेत गर्नुपर्दा यो बदर मत निकै न्यून भएको निर्वाचन कार्यालयले जनाएको छ । मुलुकका अरू जिल्लाको तुलनामा पनि पर्वतको बदर संख्या निकै न्यून हो ।
निर्वाचन कार्यालयले मत परिणाम सार्वजनिक भइसकेपछि निर्वा्चित तह र प्रत्येक वडाका मतबाट बदर मतको संख्या निकालेको हो । कार्यालयको तथ्यांकमा आंशिक बदर मत ७.९६ भएको उल्लेख छ । जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार आंशिक बदर मतपत्रमा अधिकांश मतदाताले केही उम्मेदवारलाई मात्रै मत दिएर छाडेका छन् । आंशिक ५ सय १८ मतपत्रमध्ये दुई तिहाइभन्दा धेरै मतपत्रमा सातवटै चिह्नमा मत संकेत नगरेका कारण तिनलाई आंशिक बदरमा राख्नुपरेको निर्वाचन उनले बताए । ‘छवटा चिह्नमा मत संकेत गरेर एउटा छुटेकोलाई पनि आंशिक बदर मान्नुपर्ने व्यवस्था छ,’ उनले भने, ‘त्यस्तोलाई गन्दा आंशिक बदर धेरै देखिएको हो ।’
दुई नगरपालिका र पाँच गाउँपालिकामध्ये सबैभन्दा बढी जिल्लाकै दुर्गम महाशिला गाउँपालिकामा १ दशमलव ४० प्रतिशत मत बदर पाइयो । ‘शिक्षित समुदाय कम भएको स्थानमा मत बदर बढी भेटियो,’ उनले भने । आंशिक बदर मतको प्रतिशत सबैभन्दा बढी पैयुँ गाउँपालिकामा ११ दशमलव ६१ प्रतिशत छ ।




