Print

जिल्ला समन्वय समिति पर्वतमा नेपाली कांग्रेसलाई हराउँदै एमालेको प्यानलै विजयी

१७ साउन, पर्वत । जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा नेकपा एमालेका उमेदवार मनोहर वि. पौडेल र उपप्रमुखमा यामकुमार राना विजयी भएका छन । आज सम्पन्न मतदात पछि भएको मतगणना बमोजीम समितिको प्रमुखमा विश्वकर्मा र उपप्रमुखमा राना विजयी भएका हुन ।

यसैगरी सदस्यहरुमा शर्मिला नेपाली (पैयू), विष्णुराम विक (महाशिला), नन्दलाल सुवेदी (मोदी), ज्ञानबहादुर भण्डारी (कुश्मा), ओमप्रकाश रेग्मी (जलजला), कविता विक (फलेवास), विष्णुमाया पौडेल (विहादी) विजयी भएका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विश्वकर्माले निकटम प्रतिस्पर्धी परशुराम पुरीलाई हराउँदै संघियता कार्यान्वयन पछिको पहिलो पर्वत जिल्ला प्रमुख बनेका हुन भने रानाले नेपाली कांग्रेसकै लालकुमारी सिकेलाई हराउँदै उपप्रमुखमा विजयी भएकी हुन ।

समन्वय समितिको निर्वाचनमा जिल्लाका सात स्थानिय तहका प्रमुख र उपप्रमुख गरी १४ जना मतदाताले सहभागिता जनाएका थिए । पर्वतमा सात स्थानिय तह मध्ये स्थानिय तहको चुनावमा चार वटामा एमाले बिजयी भएको थियो भने तीन वटा तहमा नेपाली काँग्रेस बिजयी भएको थियो । सो अनुरुप समन्वय समितिको चुनावमा पनि एमालेको पक्षमा ८ र नेपाली काँग्रेसका उम्मेदवारको पक्षमा ६ मत प्राप्त भएका हुन् ।