Print

मेरुदण्ड भाँचिएका माधव गिरीलाई दीपलक्ष्मी महिला सहकारीको सहयोग

१४ साउन, पर्वत । जिल्लाको सदरमुकाम कुश्मामा महिलाहरुद्धारा सञ्चालित दीपलक्ष्मी महिला सहकारी संस्थाले आज कुश्मा नगरपालिका २ खुर्कोट निवासी शारिरिक रुपमा असक्त भएका र आर्थिक रुपले समेत समस्यामा परेका ३४ वर्षिय माधव गिरीलाई आर्थिक सहयोग गरेको छ ।

आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा सहकारीमा आवद्ध महिलाहरुले प्रतिदिन १ रुपैयाँको दरले संकलन गरेर जम्मा भएको १४ हजार १ सय १५ रुपैयाँ गिरीलाई सहयोग गरिएको हो । गोरुले हानेर १५ महिना अगाडी गोरुले हानेर मेरुदण्ड भाँचिएपछि विस्तारमा थला पर्नुभएका गिरीलाई औषोधोपचारमा सहयोग पुगोस भनेर सहकारीकर्मी महिलाहरुले सहयोग गरेको अध्यक्ष दुर्गा पाण्डे पन्तले जानकारी दिनुभयो ।

कुश्मानगरपालिका २ का वडाध्यक्ष यदुनाथ वास्तोला,सहकारीका अध्यक्ष दुर्गा पाण्डे पन्त लगायतका सहकारीमा आवद्ध महिलाहरुले गिरीकै घरमै पुगेर रकम हस्तान्तरण गर्नुभएको हो । साथै परिवारका सदस्यहरुलाई भेटेर शैक्षिक सामाग्री र लत्ताकपडा पनि सहयोग स्वरुप प्रदान गरिएको छ । सो अवसरमा वोल्दै कुश्मानगरपालिका २ का वडाध्यक्ष यदुनाथ वाँस्तोलाले सहयोग प्रति आभार व्यक्त गर्दै माधवलाई अन्य संस्थाहरुले पनि यसरी नै सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

पीडित माधव गिरीले आफु विस्तारमा परेपछि औषधी खाने रकम समेतको निकै समस्या रहेको वताउनुभयो । हिँडडुल गर्न र शरिर चलाउन पनि समस्या रहेको अवगत गराउँदै माधवले अत्यन्तै पीडामा परेर जीवन गुजारिरहेको जानकारी गराउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन सचिव चन्द्र क्षेत्रीले गर्नुभएको थियो । –रोशन तिवारी