१४ साउन, पर्वत, । पर्वत जिल्लाको कुृश्मा नगरपालिका १० पिपलटारीका शंकर तिवारी विगत एक सातादेखि वेपत्ता भएका छन् ।
भारतको चेन्नैमा कार्यरत तिवारी सोहि ठाउँबाट एक सातादेखि वेपत्ता भएका हुन् । उनि विगत ८ दिनदेखि वेपत्ता भएको स्थानिय सन्तोष तिवारीले जानकारी दिनुभएको छ । भारतमा रहेका आफन्तजन र चेन्नै आसपासमा खोजी कार्य गरिएको भएपनि अझैसम्म सम्पर्कमा आउन नसकेको परिवारले जनाएको छ ।
उनि वेपत्ता भएपछि उनको घरपरिवार चिन्तित बनेको छ । उनको खोजी कार्य गर्नका लागि पहल गरिदिन परिवारले सरकार र भारतीय दुतावाससँग समेत माग गरेको छ ।




