९ साउन, पर्वत । नेपाली काँग्रेस पर्वतमा बढदै गएको गुटगत र जातीय राजनीतिका कारण कांग्रेसको राजनीति पर्वतमा धरासयी बन्दै गएको पार्टीका कार्यकर्ताहरुले आरोप लगाएका छन । सिमित ब्यक्तिको चंगुलमा चलेको पाटी भित्र दुःख गरेका कार्यकर्ता र नेताहरुको कुनै भूमिका नभएको भन्दै उनीहरुले असन्तुष्टी पोखेका छन् । नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतले आयोजना गरेको वर्तमान राजनितिक अवस्था र अबको वाटो विषयक अन्र्त्क्रिया कार्यक्रममा बोल्ने अधिकाँस काँग्रेसी कार्यकर्ताले यस्तो धारण राखेका हुन् । काँग्रेस नेतृत्वले विपी देखाएको समाजवाद त्यागेर पुजीवादी सोचमा अगडी बढ्न खोजेको उनीहरुको आरोप छ ।
पार्टीले पूराना कार्यकतालाई उपेक्षा गरेको भन्र्दै नयाँ सोच र विचार साथ अगडी बढ्नु पर्ने उनीहरुको सुझाव छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य डिला संगौलाले काँग्रेस पराम्पर र व्यक्तिवादी सोचले चल्न नसक्ने बताउँदै अव नयाँ सोच र विचारलाई अगाल्नुपर्ने बताउनु भयो ।स्थानिय तहको निर्वाचनका क्रममा टिकेट वितरणमा पार्टीले गल्ती गरेको भन्दै अव दोस्रो तहको निर्वाचनलाई आत्मसाथ गदै अगडी बढ्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका सभापति खिमप्रसाद भुषालले पार्टीमा भएको कमी कमजोरीलाई सुधार गदै अगाडी बढ्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व साँसद उर्मिला थापा, नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्य, निर्वतमान केन्द्रिय सदस्य आनन्दीदेवी राणा, नेपाल महिला संघ बागलुङका अध्यक्ष सकुन्तला शर्मा, नेपाल महिला संघ पर्वतका अध्यक्ष जगमाया प्रसाई, नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य मिना केसी, महासमिति सदस्य गंगाधर तिवारी, नेपाल महिला संघका केन्द्रिय सदस्य तारा अधिकारी, नेपाल तरुण दलका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङ, जिल्ला विकास समिति पर्वतका पूर्व उपसभापति राम शर्मा लगायतले आफ्नो धारण राख्नुभएको थियो ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका सभापति खिमप्रसाद भुषालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा धन्यवाद मन्तव्य नेपाली काँग्रेसका उपसभापति दुर्गावहादुर खत्री, स्वागत मन्तव्य नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका सदस्य सरस्वती शर्मा जिज्ञासु र कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस पर्वतका सचिव विश्वप्रकाश प्रसाईले गर्नुभएको थियो ।




