Print

जिल्ला समन्वय समितिको निर्वाचन साउन १७ गते, उमेदवार छान्न भोली एमाले पर्वतको वैठक वस्दै

९ साउन, पर्वत । जिल्लाको जिल्ला समन्वय समितिको आगामी सभापतीका लागि साउन १७ गते निर्वाचन हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले सार्वजनिक गरेको निर्वाचन प्रक्रिया अनुसार आज सोमबार मतदाता नामावली प्रकशन गरेर सुरुवात गरेको छ । निर्वाचन कार्यक्रम अनुसार आगामी साउन १२ गते मनोनयन पत्र दर्ता गर्ने उल्लेख गरिएको छ ।

प्रकाशित सूचना अनुसार आगामी साउन १७ गते जिल्ला सभाले निर्वाचन मार्फत नयाँ सभापती पाउने भएको हो । पर्वत जिल्लामा ७ वटा स्थानीय तहका प्रमुख र उप प्रमुख गरि १४ जनाले मतदान गर्नेछन् । ७ तह मध्ये एमालेले ४ तहमा विजय भएको छ भने काँग्रेसले ३ तहमा बिजयी भएको छ । यसरी हेर्दा एमालेको पोल्टामा जिल्ला समन्वय समितिको सभापती उप सभापती (संयोजक, सह संयोजक) सहित सबै सदस्यहरु पाउने भएको छ ।

संयोजकका लागि एमालेबाट २ जनाको दाबेदारी रहेको छ । नेकपा एमालेका प्रदेश सदस्य मनोहर बि. पौडेल र क्षेत्रीय कमिटिका अध्यक्ष शान्त पौडेलका बीच दाबा रहेपनि नेकपा एमाले स्थायी कमिटिको बैठकले निर्णय गर्ने भएकाले कसको पक्षमा पासा पल्टने हो त्यो भने हेर्न बाँँकी छ ।

यसैवीच नेकपा एमाले पर्वतको सचिवालय वैठक भोली कुश्मामा बस्दैछ । एमालेले प्रमुख र उपप्रमुख जिल्लाको राय र प्रदेशको सिफारिसका आधारमा स्थायी कमिटिले टुंगाउने गरी निर्णय गरेको छ भने, अन्य सदस्यहरु भने जिल्लाले नै टुंगाउने नीति बनाएको छ । जिल्ला समन्वय समिति ९ जनाको बन्ने र प्रमुख उपप्रम्ुख बाहेक ७ जना सदस्य रहने भएकाले जिल्लाले ७ जनाको नाम तय गर्ने तयारी गरिरहेको छ । आकस्मीक रुपमा मंगलबार दिउँसो ३ बजे बस्न लागेको सचिवालय वैठकले सदस्यहरुको नाम टुंगाउनुका साथै प्रमुख र उपप्रमुखका लागि प्रदेशमा राय पेश गर्ने एमाले पर्वतका अध्यक्ष पदम गिरीले जानकारी दिए ।

उता नेपाली कांग्रेस भने अल्पमतमा भएका कारण यस बारेमा के गर्ने विषयमा कांग्रेसले आधारिक धारणा दिन मानेन । पार्टी भित्र आन्तरीक छलफल पछि मात्र यस बारेमा बताउन सकिने जिल्ला नेताहरुले बताएका छन । माओवादीका भने गाउँपालिका र नगरपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख जित्न नसकेका कारण उमेदवार उठाउने सम्भावना छैन । कुल १४ जना मतदाता रहने जिल्ला समन्वय समितिको निर्वाचनमा एमालेको तर्फबाट ८ र कांग्रेसको तर्फबाट ६ जना मतदाताहरु रहेका छन । मतदाता ७ वटै तहका प्रमुख र उपप्रमुख रहनेछन ।