३ साउन, पर्वत । तत्कालीन शसस्त्र द्धन्द्धका बेला विभिन्न कारणले पिडित बनेकका द्वन्द्वपिडितका परिवारलाई रु तीन करोडभन्दा बढि रकम वितरण गरिएको छ ।
पर्वत जिल्लामा स्थायी घर ठेगाना भएका सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएका व्यक्तिका परिवार, वेपत्ता भएका व्यक्तिका नजिकका हकदार र विस्थापित भएका परिवारका सदस्यहरुलाई जिल्ला प्रशासन कार्यालय मार्फत रु.३ करोड २ लाख २५ हजार ४ सय ५० राहत वितरण गरिएको हो ।
यसअघि विभिन्न चरणमा रु. ५ लाख राहत रकम बुझेका वेपत्ता भएका व्यक्ति र मृतकका हकदारलाई यसपटक रु ५ लाख थप गरी रु. १० लाख पु¥याइएको छ । त्यसै गरी सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएका सुरक्षाकर्मीका हकदारहरुले यसअघि विभिन्न चरणमा रु. ८ लाख ५० हजार राहत रकम बुझिसकेकोमा यसपटक रु.१ लाख ५० हजार थप गरी रु.१० लाख पु¥याइएको पर्वतनका सहायक प्रमुख जिल्ला आधिकारी प्रवीण ढकालले जानकारी दिनुभयो ।
सशस्त्र द्वन्द्वका बेला पर्वतबाट २ जना वेपत्ता भएका थिए । उनिहरुलाई रु १० लाख प्रदान गरिसकिएको छ भने ८४ जनाको ज्यान गएको थियो । सुरक्षाकर्मी सहित सर्वसाधारण गरी ८४ जनाको ज्याउन गएको र उनिहरुलाई अन्तिम पटक एक लाख ५० हजार रुपैयाँले वितरण गरिएको ढकालले जानकारी दिनुभयो ।
द्वन्द्वदै क्रममा विभिन्न कारणले २२ घरपरिवारका ८४ जना सदस्यहरु विस्थापित भएका थिए । उनिहरुलाई सदस्य रु २५ हजारका दरले रु २१ लाख रुपैया वितरण गरिएको बताइएको छ । सरकारले पटक पटक गरेरै भएपनि द्वन्द्वपिडितको घाउँमा मल्हम लगाउने काम गरेको भन्दै पिडितहरु हर्षित बनेका छन् । आफ्ना परिवारलाई गुमाउनुपरे पनि राज्यले छोराछोरी र बृद्धबृद्धाहरुको सुरक्षाका लागि अझै राहातमुलक कार्यक्रम ल्याउनुपर्ने पिडितहरुले गुनासो गरेका छन् ।




