२७ असार, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (विप्लब) ले आयोजना गरेको नेपाल बन्दको प्रभाव पर्वतमा पनि परेको छ । जिल्लाको सदरमुकाम कुश्मा बजार बन्द प्रायः छ भने पोखरा–बागलुङ राजमार्गमा सवारी साधन चल्न सकेका छैनन । बन्दकर्ता सडकमा नदेखिए पनि बन्दको प्रभाव देखिएको छ । प्रशासन कार्यालयले निर्बाध सवारी साधन चलाउन अनुरोध गरेपनि सुरक्षाको कारण देखाउँदै छोटो दुरीका सवारी साधन समेत चल्न सकेका छैनन । बन्दको समाचार नसुनेर यात्रा तय गरेका यात्रुहरु भने कुश्माको शिवालय चोकमा अलपत्र परेका छन ।
बन्दले जिल्लाका ७ वटा स्थानीय तह मध्ये कुश्मा नगरपालिका, जलजला गाउँपालिका, मोदीगाउँपालिका र पैयू गाउँपालिका प्रभावित भएका छन । यी तहमा सवारी साधन चल्न नसक्दा यात्रुल सास्ती बेर्होनु परेको छ ।
उता, बन्द आयोजक पार्टीका कार्यकर्ताले शान्तीपूर्ण बन्दमा सवैले साथ लिन आग्रह गरेका छन । प्रहरीले नियन्त्रणमा लिएका आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै विप्लब नेतृत्व पार्टीले उक्त बन्दको आयोजना गरेको हो ।
बन्दका कारण बजार बन्द छन भने सवारी साधन चल्न सकेका छैनन । बन्दको प्रभाव दिउँसो देखि भने सामान्य हुने जिल्ला प्रहरी कार्यालयले अनुमान गरेको हो ।





