२२ असार, पर्वत । हरेक बर्षातमा उच्च जोखिम रहने पातिखोलाको तटिय क्षेत्र यस पटकको बर्षातमा पनि उच्च जोखिममा छ । बर्षातको समयमा आउने बाढिका कारण खोला तटिय क्षेत्र सधै जोखिममा रहने गर्छ । गत बर्ष मात्रै खोलामा आएको बाढिका कारण माछा फार्म बगाउनुका साथै घरहरु समेत भत्किएका थिए । बाढिले लाखौंको क्षति पुराएको थियो ।
बाढिकै कारण सयौ हेक्टर खेतबाली पनि नस्ट भएको थियो । यस बर्ष पनि उच्च जोखिममा रहेको पातिखोलाको तटिय क्षेत्रलाई संरक्षण गर्न समन्वय समिति पर्वत र स्थानीय स्तरबाट प्रयास भएपनि त्यो नै काफी नभएको देउपुर वडाका वडा अध्यक्ष विकास तिमिल्सीना बताउँछन । तिमिल्सीनाका अनुसार ठूलो रकमको ठूलो योजना विना खोलाको वेग नियन्त्रण गर्न गाहे छ ।
कुनै पनि समय खोलाले ठूलो धनजनको क्षति पुराउन सक्ने हुँदा त्यस तर्फ सचेत रहन तटिय क्षेत्रका बासिन्दालाई वडा अध्यक्ष तिमिल्सीनाले अनुरोध गरेका छन । खोला मोदी गाउँपालिकाको देउपुर, बाजुङ र देउराली वडा हुँदै बहन्छ ।





