२० असार, पर्वत । नेकपा एमाले पर्वतले जिल्लाका कुनै पनि भागमा प्राकृतिक विपत्तिका घटनाहरु आइपरे जस्तो सुकै अवस्थामा पनि उद्धारमा जुट्न मातहतका कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । आइतबार प्राकृतिक विपत्तिमा परि ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक विज्ञप्ति मार्फत एमालेले उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएको हो ।
एमाले पर्वतका अध्यक्ष पदम गिरीले प्राकृतिक विपत्तिमा परेका परिवारलाई तत्काल राहत प्रदान गर्न सरकार सँग माग गरिएको बताउँदै प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त सडक तथा अन्य संरचना पुनः निर्माणमा तत्काल लाग्न सरकार समक्ष आग्रह गरिएको बताउनुभयो ।
जिल्लाका सवै नगरपालिका तथा गाउँपालिका स्तरका पार्टी कमिटि र वडा स्तरका कमिटिहरुमा प्राकृतिक प्रकोपका घटनामा आइपर्ने समस्याहरुमा जस्तो सुकै चुनौती मोलेर भएपनि उद्धारमा लाग्न निर्देशन दिइएको उहाँले बताउनुभयो । प्रकोपमा उद्धारका लागि पार्टी मातहतमा रहेका युवा संगठनहरुलाई समेत ‘क्वीक रेस्पोन्स टिम’ खडा गरिएको उहाँले बताउनुभयो ।




