Print

अपडेट : पहिरोमा पुरिएका मध्ये एक जनाको शव फेला परयो, बाँकी दुईको खोजी जारी

१८ असार, पर्वत । बर्षातसंगै आएको पहिरोले घर बगाउँदा वेपत्ता भएका पर्वतको महाशिला गाउँपालिका वडा न १ होश्राङदीका ६१ बर्षिया तीर्थबहादुर मल्लको शव फेला परेको छ ।

महाशिला गाउँपालिका प्रमुख राजुप्रसाद पौडेलका अनुसार मल्लको शव उद्धारकर्ताले भरखरै निकालेका हुन । मल्लको शव पहिरोले पुरिएको अवस्थामा थियो । बाँकी २ जनाको खोजी कार्य भईरहेको पौडेलले बताए ।

पहिरोले पुरिएका मल्लकी ८० बर्षिया आमा बेलकुमारी मल्ल र श्रीमती ५५ बर्षिया यमकुमारी मल्लको अवस्था अझै अज्ञात छ ।