१५ असार, पर्वत । जिल्लाको पैयूगाउँपालिका स्थित हुवासमा एक कार्यक्रमको आयोजना गरी धान दिवस मनाइएको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतको आयोजनामा उक्त धान दिवस मनाइएको हो ।
कृषकहरुको महिनाको रुपमा परिचित असार १५ गतेलाई नेपाल अधिराज्य भर धान दिवसको रुपमा मनाउने गरिन्छ । हुवासमा आयोजीत धान दिवस कार्यक्रमका सहभागीहरुले हिलो खेल्दै धान रोपेर दिवस मनाएका हुन । धान दिवसको उक्त अवसरमा पैयू गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारीले कृषिमा आधुनिकीकरण गरेर उत्पादकत्व बढाउने अभियानमा सवैजना लाग्नुपर्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी, खानेपानी तथा सरसफाई कार्यालयका प्रमुख प्रेम डोटेल, स्वास्थ्य कार्यालयका प्रमुख डा. बुद्धिबहादुर थापा लगाएत सरकारी कार्यालयका प्रतिनिधिहरु र कृषकहरुले संयुक्त रुपमा धान दिवस मनाएका थिए ।






