१० असार, पर्वत । पर्वतमा कृयाशिल रहेका मदिरा ब्यावसायीहरुले आफ्नो अधिकारको लागि जिल्लामा एक भेलाको आयोजना गरि पर्वत मदिरा ब्यावसायी संघ गठन गरेका छन् । आज कुश्मा बजारमा एक भेलाको आयोजना गरि प्रकाश कर्माचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्माण गरिएको संघका नवनिर्वाचित सचिव प्रल्हाद गिरीले सुचनाकेन्द्र डटकमलाई जानकारी दिएका छन् ।
उनका अनुसार संघको उपाध्यक्षमा रामु शर्मा, सचिव प्रल्हाद गिरी, कोषाध्यक्ष शम्भु जोशी, सदस्यहरुमा चित्र बहादुर अधिकारी, राजकुमार बस्नेत, राजेश श्रेष्ठ, गोपाल बहादुर क्षेत्री, लोक प्रसाद अधिकारी, रमेश श्रेष्ठ, बिश्वराज श्रेष्ठ रहेका छन् ।
यसैगरि पर्वत मदिरा ब्यावसायी संघको सल्लाहाकारमा शिव शर्मा पौडेल, नेत्र पराजुली र लेखनाथ शर्मा रहेका छन् । कुश्मा बजारमा भएको कार्यक्रममा नेपाल मदिरा ब्यावसायी महासंघका क्षेत्रिय उपाध्यक्ष डासीराम सापकोटा, मदिरा ब्यावसायी संघ कास्कीका अध्यक्ष तारानाथ ढुंगानाको बिषेस उपस्थिति रहेको थियो भने जिल्लामा रहेका मदिरा ब्यासायीहरु पनि कार्यक्रममा सहभागी थिए ।
निर्वाचित भएपछि बसेको समितिको पहिलो पहिलो बैठकले बिधान मस्यौदा सम्वनधमा सदस्यता शुल्क सम्वन्धमा र बिबिध सम्वन्धमा केहि निर्णयहरुको गरेको बताइएको छ ।




