Print

कुश्मामा १ करोड ५० लाखको लागतमा ब्लु एन्जल रिर्सोट सञ्चालनमा आउँदै

१० असार, पर्वत । पर्यटकीय रुपमा नेपाल कै अग्ला झोलुङ्गे पुलहरुले घेरीएको पर्वत जिल्ला आजभोली अन्य बिकास तथा ब्यापारिक पर्यटनका कामले पनि चर्चामा आउन थालेको छ ।

यस्तैमा पर्वत जिल्ला सदरमुकाम कुश्मा निवासी तिन जना सामाजीक रुपमा काम गरिरहेका युवाहरुको झण्डै १ करोड ५० लाख लगानीमा धौलागिरी क्षेत्र मै पहिलो पटक बन्दै गरेको स्वीमिङ्ग पुल सहितको ब्लु एन्जल रिर्सोटको कारण पर्वत फेरी चर्चामा छ ।

ब्यक्तीगत रुपमा बिभिन्न ब्यावसायमा आबद्ध भैरहेका पर्वत कुश्माका तिन युवाहरु बिष्णु पुरी, आलोक श्रेष्ठ र राजु शर्माको संयुक्त लगानीमा निर्माण हुदै गरेको स्वीमिङ्ग पुल सहितको ब्लु एन्जल रिर्सोट हेर्न अहिले पनि मानिसहरु आउने गरेको उनीहरु बताउँछन् ।

निर्माणको काम तिब्र गतिमा अगाडी बढेको भन्दै लगानीकर्ता बिष्णु पुरीले सुचनाकेन्द्र डटकमसँग भने यहि स्तरमा काम अगाडी बढ्यो भने रिर्सोट असार मसान्तसम्म सम्पन्न हुने बताए । उनका अनुसार धेरै जसो काम लगभग सकिएको छ बाहिरी फिनिसिंङ्ग, रङरोगन लगायतको केहि काम मात्रै बाकिँ छ ।

पोखरा बाग्लुङ्ग हाईवयको खण्डमा पर्ने पर्वत सदरमुकाम कुश्मा बजारबाट २ किलोमिटर मात्रै बाग्लुङ्ग तिर पर्ने छमर्केमा निर्माण हुन लागेको यो रिर्सोटलाई पर्वत बाग्लुङ्ग र म्याग्दीका आम युवाहरुलाई ध्यान दिएर बन्दै गरेको हो । साथै यो रिर्सोटमा गर्मीयाममा मुक्तीनाथ तथा मुस्ताङ्गघुम्न जाने पर्यटकको पनि पहिलो रोजाईमा पर्ने लगानी कर्ता बिष्णु पुरीले बताए ।

ठुलो लगानीको साथ निर्माण गरिएको रिर्सोटमा एटेज बाथरुप सहितका ४ वटा र नर्मल खालका २ वटा रुम रहेका छन् । एकसाथ एक सय जनासम्मले सुबिधा लिन सक्ने दुई स्वीमिङ्ग पुल, बालबालिकाहरुको लागि फर्नपार्क,साथै रिर्सोटमा ५ वटा स्पेशल कटेज रहनेछन् । झण्डै १५ रोपनी जग्गामा फैलिएको यो रिर्सोट धौलागिरी क्षेत्रमा नै अत्याधुनिक सुबिधासहित बन्ने पहिलो हो ।