Print

पर्वत बहुमुखी क्याम्पसले जनप्रतिनिधिलाई स्वागत तथा बधाई ज्ञापन गर्यो

२९ जेठ, पर्वत । जिल्लाको फलेवास देबिस्थान स्थित पुरानो क्याम्पस पर्वत बहुमुखी क्याम्पसले नवनिवार्चित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ । नगर प्रमुख पदमपाणी शर्मा सहित नगर उपप्रमुख र नगरपालिकाका ११ ओटै वडाका वडा अध्यक्ष तथा सदस्यहरु लाई सोमबार स्वागत तथा सम्मान गरिएको हो ।

स्वागत तथा सम्मान ग्रहण गर्र्दै नगरप्रमुख पदम पाणी शर्माले पर्वत बहुमुखु क्याम्पस यस क्षेत्रको मात्र नभएर स्थानिए सरकारको एक महत्वपुर्ण गहना भएको बताउदै उक्त क्याम्पस लाई एक अभिन्न अगंको रुपमा हेर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । शर्माले गुणस्तरीय शिक्षा प्रवाहको लागि जनप्रतिनिधि र कर्मचारी,प्रध्यापक,शिक्षा बिद,बुद्धीजीवी,स्थानिएबासी सम्पुर्ण संग समन्वय गरि काम गर्ने बताउनुभयो । आफुले उक्त क्याम्पस लाई फलेवास नगरपालिका भित्रको प्रमुख क्याम्पसको रुपमा हेरेको बताउदै शर्माले उक्त क्याम्पसमा गुणस्तरीय शैक्षिक कार्यक्रम सञ्चालन गरी देशकै प्रतिस्पर्धी विश्वविद्यालय बनाउने उद्धघोष गर्नुभयो ।

शिक्षाम गर्नुपर्ने काम धेरै छन् उहाँले भन्नुभयो योजनाबद्ध तवरले अगाडी बढ्ने योजना बनाएको छु,’’। उनले फले्वास देखि दुर्गम क्षेत्रसम्म जोड्ने समस्याहरूलाई समाधान गर्ने गरी योजना तयार गरेर कार्यान्वयनमा ल्याउने बताउनुभयो ।
उहाँले क्याम्पसमा साईन बोर्ड मात्र झुन्डाएर गुणस्तरिए शिक्षा प्रदान नहुने भन्दै क्याम्पस सञ्चालन समित तथा प्रध्यापकहरुले क्याम्सको शैक्षिक उन्नती र प्रगतीको लागी राजनिती लाई एकातिर पन्छाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले यस क्षत्रको शैक्षिक,आर्थीक,सांस्कृतिक लगाएतका पक्षहरुको विकासको लागी मास्टर प्लाननै कोरेर विकास निर्माणका कार्यहरु अगाडी बढाउने उद्धघोष गर्दै आफ्नो कार्यकालमा उक्त नगर लाई नमुना नगर बनाएर देखाउने दाबी गर्नुभयो ।
पर्वत बहुमुखी क्याम्पसका प्रमुख जगत बा.कुवँरले सम्पुर्ण जनप्रतिनिधी लाई बधाई तथा सफल कार्यकालको कामना व्यक्त गर्दै उक्त क्याम्स सञ्चालनमा उत्पन्न कठिनाईहरु लाई सहज परिस्थितीमा ल्याई पु¥याउनको निमित्त नवनिर्वाचित जनप्रतिनिधीको मद्दत पुगने बिश्वास व्यक्त गनुभयो ।

विश्वव्यापीकरणले उच्च शिक्षामा थपेको चुनौतीको फलस्वरूप अब उच्च शिक्षा व्यावसायिक एवं उत्पादनमुखी हुनुपर्ने भन्दै उहाँले विभिन्न प्राविधिक एवं बजारमा आवश्यक देखिएका शैक्षिक कार्यक्रमका लागि जनप्रतिनिधीको सहयोग मिल्नुपर्नेमा जोड दिनुभयो ।

स्वागत तथा सम्मान ग्रहण गर्दै वडा अध्यक्षहरु भोलानाथ भुषाल,शालिग्राम शर्मा,जित बा.सुनार,टिकाराम गौडेल,मन बा.कुवँर लगाएतले शैक्षिक मर्म र शिक्षा बाट आफुहरु टाढा नरहेको बताउदै उक्त क्याम्सको शैक्षिक बृद्धिको लागी आफुहरुले जुन सुकै कदम चाल्न पनि तयार रहेको बताउनुभयो ।

स्वागत कार्यक्रममा सम्पुर्ण सदस्यहरुको प्रतिनिधित्व गर्दै वडा नं. ११ की सदस्य माया पाठक,नेकपा एमाले वडा कमिटि अध्यक्ष नारायण श्रेष्ठ प्रधान,क्याम्पस सञ्चालन समिति सदस्य तथा माओवादी केन्द्रका दामोदर शर्मा लगाएतले बोल्नुभएको थियो ।

पर्वत बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष चिरञ्जिवी पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख खिल प्रसाद शर्माले गर्नुभएको थियो ।