Print

कुश्मामा स्विमिङ पुल सहितको अत्याधुनिक रिसोट निर्माण हुँदै

२८ जेठ, पर्वत । जिल्लाको कुश्मा नगरपालिकामा स्विमिङ पुल  र बालउद्यान सहितको अत्याधुनिक रिसोट निर्माण भईरहेको छ ।

ग्राहकहरुको मागलाई ध्यान राखी कुश्मा नगरपालिका वडा न ४ छमर्केमा उक्त रिसोट निर्माण भईरहेको हो । छमर्के स्थित कुश्मा बागलुङ राजमार्गसंगै रहेको उक्त रेष्टुरेष्ट केहि महिनामा सञ्चालन हुने बताईरहेको छ । रिसोटका सञ्चालकहरुले रिसोट सञ्चालन र निर्माण लागतको सम्बन्धमा केहि समयपछि औपचारिक पत्रकार सम्मलेन गरी जानकारी दिने बताएका छन ।

रिसोट सञ्चालनमा आएपछि आधुनिक ग्राहकहरुको माग पुरा हुने विश्वास लिन सकिन्छ । मुक्तिनाथ दर्शनका लागि हिड्ने पर्यटकहरु र कुश्मा बजारमा आधुनिक रेष्टुरेष्टको खोजीमा रहेका ग्राहकहरुले उक्त रिसोटबाट सेवा लिन सक्नेछन ।

झण्डै १ करोड भन्दा बढिको लागतमा उक्त रिसोट निर्माण हुन लागेको बताइएको छ । रिसोटमा स्विमिङ पुल , बाल स्विमिङ पुल , कटेजहरु र चिल्ड्रेन पार्क समेत निर्माण भईरहको छ ।