२७ जेठ, पर्वत । स्थानिय तह निर्वाचनमा विजय भएका सात वटा नगर तथा गाऊ पालिकाका प्रमुख तथा उप प्रमुख हरूलाई वधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।
अठारौं राष्ट्रिय सरसफाइ सप्ताहको सन्दर्भ पारेर अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।
उक्त कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा,पैयु गाउपालिकाका अध्यक्ष खगेन्द्र तिवारी,उपाध्यक्ष जसमती गूरूङ,विहादी गाउपालिकाका अध्यक्ष कमल भूसाल,उपाध्यक्ष डम्बर कुमारी गुरूङ,माहाशिला गाउपालिकाका अध्यक्ष राजु पौडेल,उपाध्यक्ष हिरा राना,मोदि गाउपालिकाका अध्यक्ष प्रेम पौडेल,उपाध्यक्ष सेती महत,कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी,उप प्रमुख सीता काफ्ले लामिछाने,जलजला गाउपालिकाका उपाध्यक्ष सिमा पुन,जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुसाल लगायतले गैरसरकारी संस्थाले खानेपानी स्वास्थ्य र सरसफाइमा महत्त्वपूर्ण योगदान पुर्याएको वारेमा चर्चा गरेका थिए ।
गैरसरकारी संस्था संग भएको दक्षता र क्षमतालाई स्थानिय निकायले परिचालन गर्ने प्रतिवद्दता जनाए । उक्त कार्यक्रममा पर्वत जिल्लाको खानेपानी र सरसफाइको अवस्थाको वारेमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका फोकल प्रर्सन टेकनारायण शर्माले जानकारी गराउनु भएको थियो ।
लोकतान्त्रिक गैरसरकारी संस्था महासघ पर्वतका अध्यक्ष गणेश वहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव उत्तम प्रसाद अधिकारीको संचालनमा र सदस्य शिवराज शर्माले स्वागत गरेका थिए ।




