Print

पत्रिकाहरुको बर्गिकरण : पर्वतमा ५ वटा ‘क’, ६ वटा ‘ख’ र एक पत्रिका ‘ग’ बर्गमा समावेश

२७ जेठ, पर्वत । प्रेस काउन्सील नेपालले शुक्रवार सार्वजनिक गरेको पत्रपत्रिकाको बर्गिकरण नतिजामा पर्वतका चारवटा पत्रिका क बर्गमा पर्न सफल भएका छन् ।

तीन वटा साप्ताहिक र दुई वटा त्रयोमासिक पत्रिका क बर्गमा समावेश भएका हुन् । पर्वत सदरमुकाम कुश्माबजारबाट प्रकाशित धौलागिरि सञ्चार साप्ताहिक, शुभसन्देश साप्ताहिक, निष्पक्ष अभिमत साप्ताहिक, नब माधुरी त्रयोमासिक,र कालीको सुसेली त्रयोमासिक पत्रिका क बर्गमा समावेश भएका हुन् ।

त्यसैगरी दुई दैनिक, दुई साप्ताहिक र एक साप्ताहिक ख बर्गमा परेका छन् । न्यू कालीगण्डकी दैनिक, सहारा न्यूज दैनिक, पर्वत खबर साप्ताहिक, फलेवास साप्ताहिक, समुदाय र सृजना त्रयोमासिक ख बर्गमा समावेश भएका छन् भने मोदीकाली साप्ताहिक ग बर्गमा समावेश भएको हो ।

गत पुसमा पहिलो चरणको बर्गिकरणको नतिजा सार्वजनिक गरेको काउन्सीलले पुनराबलोकन सहितको अन्तिम परिणााम सार्वजनिक गरेको हो ।

नेपालभरीका ९ सय १० पत्रिकाले बर्गिकरणका लागि निवेदन दिएकोमा ८ सय ६८ पत्रिका बर्गिकरणमा समावेश भएका छन् भने ४२ वटा पत्रिका बर्गिकरणमा समावेश हुन नसकेका हुन् ।