Print

कार्किनेटा, फलामखानी र लुंखु स्वास्थ्य संस्थाको सामाजिक परिक्षण

२४ जेठ, पर्वत । जिल्लाका ३ वटा स्वास्थ्य संस्थाको सामाजिक परिक्षण गरिएको छ । स्वास्थ्य संस्थाहरुले प्रवाह गर्ने सेवा र सेवाग्राही वीचको सम्बन्धको अवस्थाको विषयमा जिल्लाका कार्किनेटा स्वास्थ्य चौकी, फलामखानी स्वास्थ्य चौकी र लुंखु प्राथमिक स्वास्थ्य केन्द्रको सामाजिक परिक्षण गरिएको हो ।

कार्किनेटा स्वास्थ्य चौकीमा भएको सामाजिक परिक्षण कार्यक्रमको गाउँभेलामा फलेवास नगरपालिका वडा न १ का वडा अध्यक्ष बाबुराम शर्मा, स्वास्थ्य चौकी इन्चार्ज बद्रीनारायण शर्मा, सहजकर्ता गोविन्द पहाडी लगाएतले स्वास्थ्य सेवाको प्रभावकारीताका विषयमा मन्तब्य ब्यक्त गरेका थिए ।

यसैगरी फलामखानी स्वास्थ्य चौकीमा भएको कार्यक्रममा महालिशा गाउँपालिका वडा न ६ का वडा अध्यक्ष रामबहादुर सुनार, वडा सचिव टिकाराम उपाध्याय, स्वास्थ्य चौकी इन्चार्ज रामनिदेश राउत, गाउँसभा सदस्य गीता सुनार, नेपाली कांग्रेसका वडा अध्यक्ष भीमबहादुर क्षेत्री लगाएतले स्वास्थ्य सेवाको बिषयमा आफ्नो धारणा राखेका थिए ।

उता, महाशिला गाउँपालिका वडा न ५ लुंंखुमा रहेको लुंखु प्राथमिक स्वास्थ्य केन्द्रको कार्यक्रममा भने स्वास्थ्य केन्द्रका अध्यक्ष कृष्ण गुरुङ, वडा न ५ का वडा अध्यक्ष जीवन उचै ठकुरी, स्वास्थ्य केन्द्रका प्रमुख डा. सचिन यादव, नेपाली कांग्रेस जिल्ला सदस्य अशोक उचै ठकुरी, कंग्रेसका वडा सभापति डिल्लीराम पौडेल लगाएतले आफ्नो धारणा राखेका थिए ।
सीड नेपाल पर्वतले गरेको उक्त सामाजिक परिक्षण कार्यको आगामी बर्षका लागि स्वास्थ्य संस्था सुधारका लागि कार्य योजना समेत निर्माण गरिएको छ ।

सामाजिक परिक्षणको सन्दर्भमा स्वास्थ्य चौकीको सरसफाई, कर्मचारीको नियमितता, प्रभावकारी सेवा, निःशुल्क औषधिको आपूर्ति र वितरण, स्वास्थ्य संस्थाको स्तरोउन्नती, भवन निर्माण लगाएृतका विषयमा भेलाका सहभागीले सुधारका लागि सुझाबहरु दिएका थिए ।