८ जेठ, पर्वत (कुश्मा) । वडा अध्यक्षमा निर्वाचित भएपनि पर्वतको कुश्मा नगरपालिकाकाको वडा न ४,५,६ र ७का वडा अध्यक्षले अझै पदभार ग्रहण गर्न सकेका छैनन ।
नगरपालिकाको बजार क्षेत्र रहेका वडाहरुको छुटै कार्यालय नहुँदा कार्यालय सञ्चालनमा समस्या परेको हो । यस अघि नगरपालिकाको कार्यालयमै वसेर वडा सचिवहरुले सेवा दिदै आएका थिए । निर्वाचन भएर जनप्रतिनिधिहरु आएपछि भने छुट्टै कार्यालय नहुँदा समस्या परेको हो । साविकका अन्य गाविसहरुमा छुट्टै कार्यालय भएका कारण अन्यत्र भने समस्या छैन ।
साविकको शिवालय गाविसको कार्यालयलाई नै नगरपालिकाको कार्यालयमा रुपान्तरण गरिएका कारण कुश्मा नगरपालिकाका ४ वडालाई कार्यालय सञ्चालन गर्न समस्या परेको हो । राज्यले पुर्नसंरचनाको गरेपनि अधिकांश स्थानहरुमा पुर्नसंरचना बमोजीमको भौतिक अवस्था ब्यवस्थित नहुँदा दैनिक कार्यालय सञ्चालनमा समस्या पर्ने देखिन्छ ।
नगरपालिकाका तत्काल घरभाडामा लिएर कार्यालय सञ्चालन गर्ने ब्यवस्था मिलाउने बताएको छ । तत्काल कार्यालय उपलब्ध नहुँदासम्म नगरपालिकाको कार्यालयमै वडा अध्यक्षहरुलाई पद वहाली गर्ने गरी कार्यालयले ब्यवस्था मिलाउन लागेको जनाएको छ ।




