Print

वडा अध्यक्ष ठकुरीको घोषणा : बिद्यार्थीलाई खाजाको ब्यवस्था

८ जेठ, पर्वत (महाशिला) । पद वहाली भएकै दिन पर्वतको महाशिला गाउँपालिका वडा न ५ लुंखुका वडा अध्यक्ष जीवन उचै ठकुरीले वडाका आधारभुत विद्यालयका विद्यार्थीलाई दिवा खाजाको ब्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

नेकपा एमालेका वडा अध्यक्षमा विजयी ठकुरीले आफ्नो पहिलो प्राथमिकता शैक्षिक सुधार रहेको भन्दै उक्त योजना सार्वजनिक गरेका हुन ।

जिल्लाको दक्षिण क्षेत्रमा रहेको लुंख शैक्षिक र विकासको हिसावले पछाडी परेको मानिन्छ । कच्चिबाटोले बाह्ै महिना सवारी चल्ने भएपनि अपेक्षित शैक्षिक विकास हुन नसक्दा त्यहाँका स्थानीय गुणस्तरीय शिक्षा आर्जनका लागि बसाईसर्ने गरेका छन । सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या घट्दै गएको, भर्ना भएका छात्रछात्राको पनि निरन्तरता नभएको र सिकाइ गुणस्तरमा ह्रास हुँदै गएको गुनासो आइरहेको बेला यो निर्णयले सार्वजनिक शिक्षा सुधारमा केही न केही सहयोग पुर्याउने विश्वास गरिएको छ ।

ठकुरीले वडा अध्यक्षको पदसम्हालेकै दिन शिक्षित नागरिक उत्पादनका लागि वडामा पहिलो शिक्षा क्षेत्रको सुधारको आवश्यकता रहेको भन्दै उक्त योजना सार्वजनिक गरेको पर्वत न्यूजलाई जानकारी दिए ।