Print

अपडेट : कुश्मा र मोदीको अन्तिम परिणाम आज बेलुकासम्म आइपुग्ने (ताजा विवरण सहित)

३ जेष्ठ, पर्वत । कुश्मा नगरपालिका र मोदी गाउँपालिकाको अन्तिम परिणाम आज (विहिबार) बेलुकासम्म आउने भएको छ । मतगणना भईरहेको कुश्मा नगरपालिकामा कांग्रेसको अग्रता छ भने मोदी गाउँपालिकामा एमालेको अग्रता छ । कुश्मा नगरपालिकामा रामचन्द्र जोशीले प्रमुख र उपप्रमुख पदमा सिता काफ्ले लामिछाने अग्रता लिएकी छिन । यसैगरी मोदीगाउँपालिकामा भने प्रेम पौडेलले अध्यक्ष पदमा र सेती महतले उपाध्यक्ष पदमा अग्रता लिएकी छिन ।

पछिल्लो मत परिणाम अनुसार कुश्मा नगरपालिकामा जोशीले ६८६७ मत प्राप्त गरेका छन भने उनका निकटम प्रतिद्धन्द्धी मेघनाथ सुवेदीले ५४४४ मत प्राप्त गरेका छन । यसैग गरी उपप्रमुखमा लामिछानेले ७२७६ मत प्राप्त गरेकीछिन भने उनका प्रतिद्धन्द्धी मुवादेवी शर्माले ५००४ मत प्राप्त गरेकीछिन । कुश्मा नगरपालिकामा ठुलिपोखरी, खौला र आर्थर वडाको मतगणना बाँकी रहेको छ ।

यसैगरी मोदीगाउँपालिकामा अध्यक्ष पदका एमाले उमेदवार प्रेम पौडेलले ४५११ मत प्राप्त गरेका छन भने उनका निकटम प्रतिद्धन्द्धी कांग्रेसका विश्वप्रकास प्रसाइले ३११९ मत प्राप्त गरेका छन । यसैगरी उपाध्यक्षमा एमालेकी सेती महतले ४२७२ मत प्राप्त गरेकी छिन भने प्रतिद्धन्द्धी कांग्रेसकी मिना केसीले ३१४१ मत प्राप्त गरेकीछिन । उक्त गाउँपालिकामा राम्जा र चित्रेको मतगणना बाँकी रहेको छ ।