२४ वैशाख, पर्वत । फलेवास नगरपालिकामा नेकपा एमालेका तर्फवाट प्रमुख र उपप्रमुखका उम्मेदवारको चुनावी प्रचार प्रसार अभियान आइतवार कार्कीनेटामा सम्पन्न भएको छ ।
फलेवास नगरपालिका वडा कमिटी कार्कीनेटाको आयोजनामा बृहद आमसभा सम्पन्न भएको हो । वडा कमिटिका अध्यक्ष गिरीनरायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अशोक पौडेको स्वागत शेखर शर्माले गरेका थिए ।
सो अवसरमा सम्वोधन गर्दै एमाले प्रदेश कमिटी सदस्य मोति प्रसाद पौडेलले फलेवास नगरपालिका अब नेकपा एमालेको लालकिल्ला बन्ने ठोकुवा गर्नुभएको छ । नेकपा एमालेको पक्षमा देखिएको जनलहरले एमाले मुलुककै ठुलो शक्ति बन्ने बताउँदै एमालेको बिजयीभएपछि फलेवासको भविष्य चम्किने बताउनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुखका उम्मेदवार पदमपाणी शमाले नगरपालिकाको विकास र समृद्धि, नगर भित्रको आर्थिक सामाजिक र मानविय विकासका लागि आफ्नो विकल्प नभएको बताउनुभयो । उहाँले सुर्य चिन्हमा मतदान गरी आफुलाई बिजयी बनाउन आग्रह गर्दै नगरका ११ वटै वडामा आफुले विकासको मुल फुटाउने उद्घोष गर्नुभएको छ । कार्यक्रममा उपप्रमुखका उम्मेदवार मञ्जु अधिकारीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा अखिलका अन्नपूर्ण बहुमुखि क्याम्पसका सागर शर्मा खेलकुद महासंघका केन्द्रिय सदस्य विन्दु अधिकारी, नेकपा एमाले जिल्ला कमिटि सदस्य सुरक्षा लामिछाने पूर्णप्रसाद गौतम, जिल्ला किमिट सदस्य वैकुण्ठ प्रसाद भुसाल, पिताम्वर घिमिरे लगायतले बोल्नुभएको थियो ।
सो कार्यक्रममा विभिन्न पार्टीबाट ५० जना नेकपा एमालेमा प्रवेस गरेका छन् । नेकपा माओवादी केन्द्रका गाविस अध्यक्ष अध्यक्ष विष्णुप्रसाद उपाध्याय सचिव कमलापति पाध्या, धनप्रसाद पौडेल टेकनारायण शर्मा नेपाली काँग्रेसवाट रामराजा सुवेदी, वल वहादुर जिटी, सुरज जिसी लगायत ३० जना एमालेमा प्रवेश गरेका हुन् ।

आर्थरमा एमालेको बृहद कार्यकर्ता भेला सम्पन्न
नेकपा एमाले कुश्मा नगरपालिका १४ को आयोजनामा बृहद कार्यकर्ता भेला सम्पन्न भएको छ । आसन्न स्थानिय तहको निर्वाचन नकिजिदै गर्दा बृहद कार्यकर्ता भेला तथा चुनावी प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै एमालेका केन्द्रिय सदस्य बिजय गुरुङले मुलुकको अग्रगमनतर्फ लैजानका लागि दिशानिर्देश गर्ने शक्ति नेकपा एमालेमात्र भएको बताउनुभयो । उहाँले मुलुक निर्वाचनमय बन्दै गएको बताउँदै स्थानिय तहको निर्वाचनमा एमाले बहुमतका साथ बिजयी हुने ठोकुवा गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका तर्फवाट कुश्मा नगरपालिकाका प्रमुख पदका उम्मेदवार मेघनाथ सुवेदीले कुश्मा नगरलाई समृद्धशालि स्मार्ट सिटीको रुपमा विकास गर्नका लागि आफ्नो जित हुनुपर्ने बताउनुभयो । उहाँले कुश्मा नगरपालिका सँगै १४ वटै वडाको विकास निर्माण र समृद्धिको खाका आफुले तयार पारेको बताउँदै आफुलाई बिजयी गराएर राज्यको प्रत्यक्ष अनुभू ितगर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा उपप्रमुख पदका उम्मेदवार मुगा पोखरेल, एमाले प्रदेश कमिटि सदस्य मनोहरबि पौडेल, उपसचिब गोविन्द पहाडी, प्रेस चौतारीका पूर्व बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा लगायतले बोल्नुभएको थियो ।




