२४ वैशाख, पर्वत । नेपाल पत्रकार महासंघ पर्वतले कुश्मामा नियोजीत रुपमा राखिएको बमकाण्डको विषयमा औपचारिक रुपमा ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक प्रेस बिज्ञप्ती प्रकाशित गरी महासंघले चार दिन बितिसक्दा पनि घटनाको बिस्तृत बिबरण सार्बजनिक नभएकोमा चासो ब्यक्त गरेको हो ।
घटनाको तत्काल छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न महासंघले माग गरेको हो । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी र सचिव गणेश गिरीले बिज्ञप्तीमार्फत यस्तो माग गरेका हुन । जोशीको घरमा यही बैशाख २१ गते सकेट बम फेला परेको थियो । प्रहरीले बम भेटिनुअघि समाचार र भेटिएको बमसँग मिलेको फोटो प्रकाशित गरेकोमा शंका ब्यक्त गर्दै पत्रकार गोपाल जिसीसहित सोही दिन पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी प्रमुख शेखर खनालले समाचार प्रकाशित गरेको बिषयमा जिसीलाई नियन्त्रणमा लिएको नभई घटनामा संलग्न भएको हुनसक्ने आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताएका छन् । घटनाको अनुसन्धान भईरहेको हुँदा घटनाको विषयमा थप केहि बोल्न सकिने खनालले बताए । अनुसन्धानमा प्रगति हुन नसकेको भन्दै खनालले अझै केहि दिन अनुसन्धानमा समय लाग्ने समेत बताएका छन ।




