२३ वैशाख, पर्वत । नेपाली कांग्रेसको चुनावी सभा सकेर फर्कदै गरेको बस फलेवास नगरपालिको शंकरपोखरीमा दुर्घटनामा परेको छ । ध १ ख ८६ नम्बरको बस शनिवार साँझ दुर्घटनामा परेको हो ।
फलेवास नगरपालिको कार्किनेटामा आयोजीत चुनावी सभा सकेर कुश्मा नगरपालिको साइकल चोकमा फर्कदै गरेको बस दुर्घटनामा पर्दा २ महिला घाइते भएका छन । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएको छ । बसमा करिब ३५ जना यात्रु सवार रहेकोमा बाँकी भने सामान्य घाइते रहेका छन । घाइेतहरुको नाम भने खुल्न सकेको छैन ।
शंकरपोखरीको नुवार भन्ने ठाउँकामा बस दुर्घटनामा परेको हो । चुनावी सभा सकेर बस कार्किनेटा देखि साइकल चोक जादै गरेको थियो । ब्रेक फेल भएको बस बाटोमै पल्टिएको स्थानीय ख्यामबहादुर क्षेत्रीले जानकारी दिए । अस्पतालमा उपचारका लागि २ जना एम्बुलेन्समा पठाएपनि अन्य बढिमा १५ जना सामान्य घाइते भएको उनले जानकारी दिए ।
घाइतेहरुको भने उता, जिल्ला प्रहरी कार्यालय पर्वतले भने प्रहरी घटनास्थलमा जादै गरेको बताएको छ ।



