२२ वैशाख, पर्वत । नेकपा एमाले संगठन कमिटि फलेवास नगरपालिका वडा नं.५ खानिगाउँको भेला सम्पन्न भएको छ । भेलाले आगामी स्थानिय तहको निर्वाचनमा सभ्य र भव्य रुपमा एमाले लाई पहिलो पार्टी बनाउने अठोटका साथ बिभिन्न समिति गठन गरेको छ । एमालेले जनता आफैले आफ्नो ठाउँको विकास गर्न सक्षम भएको भन्दै फेलवास नगरलाई ठेक्कामा नदिन अपिल सहित एमालेले चुनावी अभियान सञ्चालन गरेको हो ।
लकास सुवेदीको संयोजकत्वमा ९ सदस्य प्रचारप्रसार समिति गठन गरिएको छ । जसको सदस्यहरुमा कृष्ण प्रसाद तिवारी,विकास सुनवार,नारायण लामिछाने,ईन्द्र बा.क्षेत्री,चन्द्र बा.क्षत्री,लोक प्रसाद सापकोटा,हरि प्रसाद पोखरेल हुनुहुन्छ ।
त्यस्तै चित्र प्रसाद सापकोटको संयोजकत्वमा १० सदस्य अर्थीक उपसमिति गठन गरिएको छ । सदस्यहरुमा पाराश्वर शर्मा,हरि प्रसाद पोखरेल,टेकनारायण सापकोटा,बिष्णु प्र.खनाल,राजेन्द्र पोखरेल,शिव परियार,टुकनारायण सापकोटा,प्रेम प्रसाद पैडेल र खिल प्रसाद कुवँर रहनुभएको छ ।
बैठकले युवा परिचालन समिति समेत गठन गरेको छ । जसको संयोजकमा बिक्रम जि.सि.हुनुहुन्छ भने सदस्यहरुमा राज कुमार सुनावार,लोक प्रसाद सापकोटा,भरत सापकोटा,सन्दिप चपाई,प्रकाश परियार,निर्मल, नेपाली उपेन्द्र जि.सि.राजेश सुनार,महेन्द्र सुवेदी,प्रकाश परियार,जय बा. सुनार,राजेश सुनार लगाएत १०१ जना रहनुभएको छ ।
त्यस्तै ईन्द्र बा.क्षत्रीको संयोजकत्वमा खाध व्यवस्थापन उप समिति समेत गठन गरिएको छ । जसको सदस्यहरुमा प्रेम लामिछाने,याम प्रसाद तिवारी,राज शर्मा,कृष्ण प्र.तिवारी,कृष्ण पोखरेल,कृष्ण प्र.शर्मा,दल बा. लामिछाने शिव प्रसाद सापकोटा,शुसीला लम्साल,लगाएत हुनुहुन्छ भने बैठकले नारायण लामीछानेको संयोजकत्वमा स्थानीए घोषणा पत्र समिति समेत गठन गरेको छ । घोषणा पत्र समितिमा चित्र प्र.सापकोटा,सुरक्षा लामीछाने,बिन्दु अधिकारी, जगनाथ लम्साल,महेन्द्र क्षत्री,दिनेश बा. थापा,नारायण सापकोटा,बिष्णु प्रसाद लम्साल हुनुहुन्छ । एमालेले शुक्रबार बाट चुनावी कार्यक्रम तथा घर दैलो कार्यक्रम लाई औपचारिक रुपमा अगाडी बढाउने छ ।




