२१ वैशाख, पर्वत । नेपाली कांग्रेसको तर्फबाट कुश्मा नगरपालिकाका मेयरका उमेदवार रामचन्द्र जोशीको घरमा बम भेटिएको छ । संस्कास्पद वस्तुको रुपमा भेटिएको बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले साँझ डिस्पोज गरेपनि प्रहरीले भने बम रहेको अझै पुष्टि गरेको छैन ।
प्रहरी नायव उपरिक्षक शेखर खनानलले संस्कास्पद वस्तुलाई वमको आशंकमा डिस्पोट गरिएको बताए । डिस्पोटमा ठूलो आवाज आएपनि शंकास्पद वस्तुभित्र बम भए नभएको बारे अझै पुष्टि नभएको उनले बताए । जोशीको कुश्मा नगरपालिका वडा न ५ लोकतन्त्र चोकमा उक्त शंकास्पद वस्तु भेटिएको हो ।
केहि दिन अघि नै बम रहेको भन्ने समाचार केहि अनलाईनमा पोष्ट भएपनि संकास्पद वस्तु भने आज मात्रै भेटिएको थियो । जोशीको नीजि कार्यालय रहेको कोठामा हरियो झोला भित्र उक्त बस्तु जोशीकै परिवारले फेला पारेका थिए । जोशीका अनुसार उनलाई फोन मार्फत उनको घरमा बम रहेको विषयमा एक पत्रकारले नै फोन गरेर जानकारी गराएका थिए ।
फोनबाट प्राप्त भएको जानकारीलाई आफूले सामान्य रुपमा लिएपनि आज भने संकास्पद वस्तु फेला परेपछि उनले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले नेपाली सेनासंगको परामर्श पछि बम भए नभएको बारेमा स्पष्ट पार्ने बताएको छ ।




