२१ वैशााख, पर्वत । नेकपा (एमाले) पर्वतको प्रचार भेला कुश्मामा सम्पन्न भएको छ । भेलाले आगामी स्थानीय तहको निर्वाचनमा सभ्य र भद्र प्रचार शैली अपनाउने भएको छ । आगामी निर्वाचनमा एमालेको पक्षमा मतदानका गरिने प्रचार शैलीलाई सभ्य र भद्र बनाउने गरी भेलाले निर्णय गरेको हो ।
पछिल्लो समय पर्वतमा एमालेको पक्षमा जनलहर उर्लदै गएको भन्दै एमालेले अलम्बन गरेका राष्ट्रबादी नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुराउने गरी योजना निर्माण गरिएको प्रेस चौतारी पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले जानकारी दिए । एमालेले जिल्लाका ७ स्थानीय तह र ६१ वटा वडामा आफ्नो उमेदवारी दर्ता गराएको छ । ७ वटै निर्वाचन क्षेत्रमा एमाले र राष्ट्रियको पक्षमा जनलहर उर्लदै गएको विश्लेषण सहित चुनावी प्रचार अभियानलाई थप ब्यवस्थित गराउने गरी नेकपा एमाले पर्वतको प्रचार विभाग र प्रेस चौतारी पर्वले संयुक्त रुपमा अभियान सञ्चालन गर्ने गरी तयारी गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए ।
भेलाले प्रेस चौतारी पर्वतका उपाध्यक्ष गणेश गिरीको कमाण्डमा निर्वाचन सम्बन्धि समाचार संकलन, सम्पादन गर्ने गरी जिम्मेवारी प्रदान गरेको बताइएको छ । भेलाले निर्वाचन सम्बन्धि समाचार प्रकाशन तथा प्रसारणको अनुगमनका लागि प्रेस चौतारीका केन्द्रिय सदस्य गणेश पौडेललाई जिम्मेवारी दिएको छ भने, चौतारीका निर्वतमान बरिष्ठ उपाध्यक्षलाई सञ्चार माध्यमको समन्वय गर्ने गरी जिम्मेवारी प्रदान गरेको बताइएको छ ।
भेलामा कुश्मा नगरपालिकाका मेयरका उमेदवार तथा एमालको संघिय मामिला विभागका सदस्य मेघनाथ सुवेदी, नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी, उप सचिव गोविन्द पहाडी, कुश्मा नगर संगठन कमिटिका संयोजक यम गुरुङ, प्रेस चौतारी पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्मा लगाएतले निर्वाचन सम्बन्धि प्रचार अभियानको बारेमा आफ्नो धारणा राखेका थिए ।




