११ बैशाख, काठमाडौं । निर्वाचन आयोगले जेठ ३१ गते दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कान्तिपथ स्थित कार्यालयमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आयोगले दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यतालिका अनुसार जेठ १९ गते उम्मेदवारी मनोनयनको समय तोकिएको छ । जेठ २२ गते चुनाव चिन्ह प्रदान र जेठ ३१ गते मतदानको कार्यक्रम छ । मधेशी मोर्चासँगको सहमतिपछि सरकारले प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा चुनाव जेठ ३१ मागर्ने घोषणा गरेको थियो ।
पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधी यादवले सरकारले आग्रह गरे अनुसार दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको बताए ।




