Print

माओवादी केन्द्रबाट कुश्मा नगरपालिकामा सर्वसहमत सिफारिस वडाअध्यक्षको नामावली

११ वैशाख, पर्वत । माओवादी केन्द्रले सर्वसहमत रुपमा कुश्मा नगरपालिका प्रमुख र उपप्रमुख संगै वटा वडाहरुका उमेदवारहरुको पनि टुंगो लगाएको छ ।

केन्द्रका नगर कमिटि अध्यक्ष शंकर गिरीका अनुसार वडाका अन्य ठाउँमा भने आकाक्षीहरुको संख्या धेरै रहेका कारण छलफल भईरहेको छ । बाँकी वडा अध्यक्ष र सदस्यहरुको टुंगोका लागि पार्टी भित्र आन्तरीक छलफल भईरहेको अध्यक्ष गिरीले जानकारी दिए । सर्वसहमत भएकाहरुको नामावली पर्वत न्यूजलाई प्राप्त हुने क्रम भने जारी छ ।